२९ आश्विन २०८३, बिहिबार

कुन कपमा पुग्ला सबैभन्दा चाँडो कफि ? इन्टरनेटमा भाइरल बनेको छ यो प्रश्न

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । यो प्रश्नसहितको फोटो यतिबेला सामाजिक सञ्जाल तथा विभिन्न न्युज वेबसाइटहरुमा पनि भाइरल बनेको छ । यो फोटोमा कुन चाँही कपमा सबैभन्दा चाडो कफि पुग्ला भन्ने प्रश्न सोधिएको छ । यस्तोमा हामी तपाईको पनि दिमागको कसरत गर्न चाहन्छौँ । यो फोटो सामाजिक सञ्जाल ट्वीटरमा बढि प्रयोग गरिएको छ ।

यो प्रश्नसहितको फोटो ट्वीटरमा @Purp नामका ट्वीटर प्रयोगकर्ताले सेयर गरेका थिए । यो फोटो देखे पछि हजारौँ मानिसहरु कन्फ्युज भएका थिए । सुरुवातमा हेर्दा यो पजल सजिलो देखिएपनि वास्तवमा त्यहाँ धेरै बाटोहरु बन्द छन् । यसमा चार कप मध्ये सबैभन्दा पहिला कुनचाँही कपमा जान्छ भनेर सोधीएको छः कप नम्बर ४, कप नम्बर ९, कप नम्बर ५ या कप नम्बर ७ । सामाजिक सञ्जालमा ‘एकै पटक सबै कपमा कफि जान्छ’ भनेर धेरैले उत्तर दिएका छन् । तर त्यो सहि होइन ।

फोटोमा राम्रोसँग हेर्नुभयो भने अन्य सबै कप सम्म पुग्ने बाटाहरु बन्द छन् । तर कप नम्बर ५ को सबै बाटो खुल्ला छन् । त्यसैले यसको सहि उत्तर कप नम्बर ५ हो ।