२९ आश्विन २०८३, बिहिबार

हिरोइन केकी अधिकारीको घर लिलामीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

keki-adhikari

काठमाडौं, २ मंसिर । चर्चित नायिका केकी अधिकारीको घरजग्गा लिलामीमा परेको छ ।

लामो समयसम्म ऋण नतिरेपछि सिभिल बैंक लिमिटेडले नायिका अधिकारीलाई ३५ दिने सूचना जारी गरेको हो ।

बैंकले मंसिर २ गते एउटा दैनिक पत्रिकामा प्रकाशित गरेको सूचनामा केकीकी आमा लक्ष्मी अधिकारीको नाममा रहेको काठमाडौं जिल्ला जोरपाटी गाविस वडा नं ६ सिट नं १०२–१०३० कित्ता नं १९३ को २२२।५३ वर्ग मिटर क्षेत्रफल रहेका जग्गा र सो जग्गामा बनेको घर धितो राखी कर्जा लिएको उल्लेख गरिएको छ । जसमा केकी अधिकारीे जमानीकर्ता छिन् ।

अधिकारी परिवारले सिभिल बैंकबाट घर कर्जा लिएका थिए । तर, रकम भुक्तानी गर्न पटकपटक मौखिक तथा लिखित ताकेता गर्दा समेत वेवास्ता गरेकोले ३५ दिने सूचना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

तोकिएको समयनै नै ऋण चुक्ता नगरे बैंकिङ कसुर अनुसार ऋणी एवं व्यक्तिगत जमानीकर्तालाई समेत कालो सूचीमा राखिने सूचनामा उल्लेख छ । चर्चाको शिखरमा रहेकी केकीका बाबु बद्री अधिकारी पनि नेपाली फिल्मका निर्देशक हुन् ।

यसअघि गायक रामकृष्ण ढकालको घर पनि लिलामीका लागि सार्वजनिक सूचना जारी भएको थियो । तर, उनले केही रकम तिरेर लिलामीबाट जोगाएका थिए ।