२८ आश्विन २०८३, बुधबार

राजनीति हाम्रो लागि डरलाग्दो कुरा हो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nalina-chitrakar

दुई दशकदेखि नोपली सांगीतिक क्षेत्रमा सक्रिय गायिका हुन् नलिना चित्राकार। २ सयभन्दा धेरै गीत गाइसकेकी उनले गत साता आफ्नो आठौं एल्बम सार्वजनिक गरिन् । आइतबार अमेरिका उड्नुअघि गायिका चित्राकारसँगको जम्काभेट:

एल्बम निकाले लगत्तै किन अमेरिका तिर नि ?

अमेरिकामा इन्टरनेशनल म्यूजिक फेष्टिबल हुँदैछ, त्यसमा भाग लिन जान लागेकी हुँ ।

कस्तो कार्यक्रम हो त्यो ?

७० देशका कलाकारको सहभागी भएको अन्तर्राष्ट्रिय सांगीतिक उत्सव हो ।

कसरी अवसर पाउनुभयो ?

म गत वर्ष पनि सहभागी भएकी थिएँ । गत वर्ष मेरो प्रस्तुतिबाट प्रभावित भएर यो वर्ष पनि बोलाउका हुन् । त्यस्तो कार्यक्रममा भाग लिने म नेपालको पहिलो कलाकार हुँ ।

एल्मब निकाल्न लामो ग्याप भयो नि ?

हो, करिब तीन वर्ष भयो । एल्बम निकालेन भने हरायो भन्छन् । त्यही भएर निकालेको ।

कस्तो रेस्पोन्स पाउनुभएको छ ?

धेरैले राम्रो भनेर प्रतिक्रिया दिएका छन् ।

एउछै एल्मबमा १७ वटा गीत बढी भएन ?

पुराना गीतहरू पनि समेटेकाले १७ वटा पुगेको हो । सिंगल ट्राक निकाल्ने जमानामा एउटै एल्बममा १७ वटा गीत राख्दा केहीले किन यति धेरै गीत राखेको पनि भन्नुभएको छ ।

पहिले भन्दा एल्बम बिक्न छाडेको हो ?

हो । एल्बम बिक्री त एकदमै कम भइसक्यो । रेकर्डका लागि मात्र एल्बम निकालेको हो । एल्बम त कि पुससेल गर्नुपर्छ कि गिफ्ट दिनुपर्छ । बाहिर बेच्न गाह्रो छ । तै पनि पेशामा लागेपछि निरन्तरता दिनैपर्‍यो ।

त्यसो भए कमाइ कसरी हुन्छ त ?

कमाइ त स्टेज प्रोग्रामबाट नै हो । सीडी बेचेर कमाउँछु भन्नु त सपना मात्र हो ।

नयाँ म्यूजिक भिडियोमा विदेशमा सुटिङ गर्नुभएछ । खर्च धेरै भएन ?

खर्च त अलिअलि भइहाल्छ । स्रोता दर्शकलाई नयाँपन दिउ भनेर विदेशमा सुटिङ गरिएको हो । विदेशमा सुटिङ गर्न त्यस्तो धेरे महंगो पनि पर्दैन । नेपालमा पनि एउटा म्यूजिक भिडियो बनाउन २ लाख लाग्छ, विदेशमा सुटिङ गर्दा पनि लगभग त्यति भए पुग्छ ।

अभियन पनि राम्रो गर्नुहुन्छ म्युजिक भिडियो र फिल्म खेलौं जस्तो लाग्दैन ?

अभिनय गर्न मलाई अलिअलि आउँछ । फिल्म खेल्ने प्रस्ताव पनि आएको हो । तर गीतमा नै व्यस्त हुने भएकाले त्यतातिर मन गएको छैन ।

आफ्ना पुराना गीत कत्तिको सुन्नुहुन्छ ?

सुन्छु नि । स्वरमा कति परिवर्तन आएको छ भनेर पनि सुन्ने गर्छु । त्यतिखेर गाउँदाका कमजोरीहरू थाहा हुन्छ ।

कुन गीत बढी सुन्नुहुन्छ ?

मेरा चर्चित गीतहरू पानी पानी भयो मेरो मन पनि, तिम्रो अधर तिम्रो नजर, चाहि“दैन हिरा र मोती जस्ता गीतहरू नै बढी सुन्छु ।

श्रीमान् र छोराले पनि सुन्छन् तपाइँका गीत ?

मेरो छोराले गीत गाउँछ । हालै पनि उनले नाचघरको एउटा कार्यक्रममा नारायण गोपालको गीत गायो ।

भनेपछि छोरालाई पनि गायक बनाउने ?

उसलाई गाउन इच्छा छ । भर्खर नौं वर्षको भयो हेरौं पछि के हुन्छ ।

एक समय राजनीतिमा पनि लाग्नुभयो नि ?

हल्कारुपमा लागेको थियो । अघिल्लो संविधानसभा निर्वाचनमा प्रस्ताव आएपछि ल न त भनेर लागेको थिएँ । मधेसी परिवारमा विवाह भएकाले मधेसी जनअधिकार फोरमबाट प्रस्ताव ल्याउँदा निकट भएको थिएँ । राजनीति भनेको डरलाग्दो कुरा हो । हामीले गर्न सक्दैनौं ।

किन ?

हामी लप्पनछप्पन गर्न सक्दैन, चलखेल गर्न सक्दैनौं । त्यसकारण राजनीति हाम्रो लागि काम छैन ।