अमेरिका । अमेरिकाबाट नेपालीको पहिचान बनाउने नेपालीहरूको खोजी गरी १०१ जना उत्कृष्ट नेपाली चुन्ने अभियानको सुरुवात गरिएको छ । यसको श्रीगणेश १०१ नेपाली डटकमले गरेको हो ।
मौलिक नेपाली चिनारी, नेपालित्व, र नेपालीपनका लागि योगदान दिएका हजारौं लाखौं नेपालीहरुबाट १ सय १ नेपाली छान्न लागिएको हो ।
विगतदेखि वर्तमानसम्म नेपालको इतिहास र वर्तमानसँग जोडिएका व्यक्तित्वहरुबाट त्यो सुची तयार पारिनेछ । जसमा पृथ्वीनारायणदेखि प्रचण्डसम्म पर्न सक्नेछन् ।
यसको लागि १ सय १ नेपाली छनौटका लागि मनोनयन आवेदन पत्र खुली सकेको छ । एक सय एक नेपाली डटकममा गएर आफूले चाहेको व्यक्तिलाई नामांकन गर्न सकिनेछ ।
नामांकनको प्रकृया पूरा भइसकेपछि एकसय एक नेपालीका सम्पादक, जनमत सर्वेक्षणकर्ता, सल्लाहकारलगायतको सहयोगमा उत्कृष्टबीच पनि उत्कृष्टहरू छनौट गरिनेछ ।
एक सय एक नेपालीका संस्थापक तथा प्रोफाइल एडिटर प्रदीप थापामगर हुन् । प्रमुख जनमत सर्वेक्षणकर्ता अन्जन श्रेष्ठ हुन् ।
















प्रतिक्रिया