अमेरिका । अमेरिकाको डालसमा हालै एक अश्वेत वर्णका किशोरको गोली प्रहारबाट घाइते भएकी नेपाली विद्यार्थी ज्वाला कार्कीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
युएस नेपाल हेल्प नेटवर्कले गो फण्डमार्फत संकलन गरेको ४३ हजार १ सय डलरमध्ये गो फण्डको शुल्क कटाएर बाँकी रहेको ३९ हजार १ सय २१ डलर ६५ पेनी अर्थात करिब ४० लाख नेपाली रूपैंया घाइते कार्कीको व्यक्तिगत खातामा जम्मा गरिएको हो ।
हेल्प नेटवर्कका प्रतिनिधि प्रवेश नेपालसँगै उनको समूहले बुधबार घाइते कार्कीको अपार्टमेन्टमा पुगेर सो रकम खातामा जम्मा गरिदिएको जानकारी दिएको बताइएको छ ।
दुई साताअघि आफ्नै अपार्टमेन्टको लन्ड्री रूममा फोनमा कुरा गरिरहेको समयमा एक अश्वेत वर्णका किशोरले अन्धाधुन्ध गोली चलाउँदा ज्वालालाई शरीरका बिभिन्न भागमा ७ वटा गोली लागेका थिए ।
भाग्यबस बाँचेकी ज्वाला हाल अस्पतालबाट डिस्चार्ज भएर आफ्नै अपार्टमेन्टमा आराम गरिहेकी छिन् ।
दुई वर्षअघि अमेरिका आएकी पोखरा नगरपालिका १४ चौठेकि २४ वर्षीया ज्वाला कार्की दुई महिनाअघि मात्रै मेरिल्याडबाट डालस आएकी थिइन् ।















प्रतिक्रिया