१ कार्तिक २०८३, आइतबार

साउदी अरबबाट बाम गठबन्धनको स्वागत

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–राजु खनाल

रियाद (साउदी अरब), २३ कात्तिक । पार्टी एकता गर्ने उद्देश्यसहित प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गरिएको बाम गठबन्धनलाई साउदी अरबमा रहेका प्रबासी नेपालीहरुले पनि स्वागत गरेका छन् । एमालेनिकट प्रबास संगठन प्रबासी नेपाली मंच साउदी अरब र माओबादी केन्द्रनिकट प्रबास संगठन नेपाली जनप्रगतिशील मंच साउदी अरबको रियादले संयुक्त प्रेस विज्ञप्ति जारी गरी बाम गठबन्धनलाई स्वागत गरेका जानकारी दिएका हुन् ।

प्रबासी नेपाली मंचका कार्यवाहक अध्यक्ष राजेन्द्र खत्री र नेपाली जनप्रगतिशील मंचका अध्यक्ष कमल शाही ‘निर्मल’द्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा पार्टी एकता गर्ने उद्देश्यसहित भएको वाम तालमेलको स्वागत गर्दै नेपालको राजनीतिक स्थायित्वको लागि नेपालमा कम्युनिस्ट पार्टीहरुको एकता अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘समाजवाद सम्म पुग्ने मूल उद्देश्यकासाथ कम्युनिष्टहरुको एक केन्द्र बनाउने लक्ष्यसहित एमाले र माओबादी केन्द्रबीच पार्टी एकीकरणका लागी मार्ग प्रशस्त गर्दै स्वदेश तथा विदेशमा बस्ने जनवादी तथा प्रगतिशील र देशभक्तहरुमा थप उत्साह पैदा गरेको छ । यो चुनावी तालमेलले राजनैतिक अस्थिरताको अन्त्य, बैदेशिक चलखेलको अन्त्य र ५ बर्षे स्थायी सरकार, सम्बृद्ध र विकसित राष्ट्र निर्माणमा सहयोग पु-याउने छ ।’

‘स्वाधिनता, सम्बृद्धि र समाजवादको आधार सबै तहमा बामपन्थीको जनपक्षीय सरकार’ भन्ने मूल नारासहित प्रबासी नेपाली मंच र नेपाली जनप्रगतिशील मंच साउदी अरवले बाम गठबन्धनलाई हार्दिक स्वागत गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकमा दुवै संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।