३० आश्विन २०८३, शुक्रबार

मलेसियामा ३० नेपाली कामदार बेपत्ता, उद्धारका लागि आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसिया । मलेसियाको क्वालालम्पुर स्थित सुपरम्यान ग्लोब कम्पनीमा कार्यत ३० नेपाली कामदारसहित १२० जनालाई  गत नोभेम्बर १२ देखि उक्त कम्पनीले बेपत्ता बनाएको छ ।

उक्त कम्पनीमा कार्यरत एक कामदारका अनुसार २ जना नेपालीको जीवन नै समाप्त पारिएको भन्दै मानव अधिकार तथा शान्ति समाजले एक विज्ञप्ति जारी गरी उद्धार कार्यका लागि आग्रह गरेको छ ।

‘खासगरी खाडी लगायतका मुलुकहरुमा नेपाली कामदारमाथि ज्यादती हुने गरेको समाचारका श्रृखंलाहरु सार्वजनिक भइरहेको सन्दर्भमा मलेसियामा कार्यरत नेपाली लगायतका कामदाहरुप्रति भएको यस प्रकारको ज्यादती र अमानवीय कृत्यकोबारेमा सत्य तथ्य पत्ता लगाई कामदारहरुको उद्दारका लागि तत्काल पहलकदमी गर्न नेपाल सरकार लगायत सम्वन्धित  सबै पक्षको मानव अधिकार तथा शान्ति समाज ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।