१ कार्तिक २०८३, आइतबार

मन्त्री बस्नेतद्वारा सहकारी बोर्ड गठन कार्यविधि परिवर्तन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । गरिवी निवारण तथा सहकारी मन्त्री अम्विका बस्नेतले आफ्नो स्वार्थ परिपूर्तिका लागि राष्टिय सहकारी बोर्ड गठन गर्ने कार्यविधि नै परिवर्तन गराएकी छन् ।

मन्त्रालय अन्र्तगतको बोर्डमा सहअध्यक्ष विशिष्ट श्रेणी (सचिवस्तर)मा मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदले राजनीतिक नियुक्ति गर्ने व्यवस्था छ । बोर्डमा सहअध्यक्ष नियुक्त हुनका लागि स्नाकोत्तर पास गरेको हुनु पर्ने कार्यविधिमा रहेको व्यवस्था मन्त्री बस्नेतले आफ्नो स्वार्थ पूर्ति गर्नका लागि परिवर्तन गरेकी हुन ।

मन्त्रालयको सिफारिसमा पछिल्लो मन्त्रीपरिषदले पारित गरेको कार्यविधिमा बोर्डको सहअध्यक्ष हुनका लागि स्नाकोत्तर पास गर्नु पर्ने व्यवस्था हटाएर इन्टर पास हुनु पर्ने राखिएको छ । भने मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदले नियुक्त गर्नु पर्ने व्यवस्था हटाएर मन्त्रीले सिधै नियुक्त गर्ने उल्लेख गरिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

काठमाडौं क्षेत्र नं ३ बाट प्रतिनिधिसभाबाट प्रत्यक्ष उम्मेदवार बनेकी काग्रेस केन्द्रिय सदस्य मन्त्री बस्नेतले निर्वाचन खर्चको व्यवस्थाका लागि कार्यविधि परिवर्तन गरेर अयोग्य व्यक्तिलाई बोर्डको सहअध्यक्ष बनाउन लागेकी हुन । मन्त्री निकट स्रोतले विभिन्न वित्तिय सस्थाहरुमा दलालीको काम गर्ने दक्ष्य पौडेललाई नियुक्ति गर्नका लागि बस्नेतले कार्यविधि परिवर्तन गरेकी हुन ।

इन्टर पास गरेका पौडेलले आफुलाई सहअध्यक्ष नियुक्त गरे चुनाव खर्च जुटाइदिने आश्वासन मन्त्रीलाई दिएका थिए । मन्त्री र पौडेलबीच ५० लाख चन्दा दिने सहमति बनेपछि मन्त्रीले कार्यविधि परिवर्तनको प्रक्रिया थालेकी थिइन । स्रोतका अनुसार आइतबार (भोली) पौडेललाई नियुक्ति दिने तयारीमा मन्त्री छन् ।

निर्वाचन प्रक्रिया अघि बढेको अवस्थामा राजनीतिक नियुक्तिका लागि निर्वाचन आयोगबाट सहमति लिनु पर्नेमा त्यो पनि मन्त्रालयले नलिएको स्रोतको भनाई छ । त्यस्तै मन्त्रीपरिषद र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्रीले पनि मुलुक निर्वाचनमय भएको वेलामा अयोग्य व्यक्तिलाई नियुक्ति गर्न मन्त्रीलाई बाटो खोलिदिएर जानाजान भ्रष्टाचारका लागि प्रोत्साहन गरेका छन् । सहकारी क्षेत्रमा काम काम गरिरहेका योग्य व्यक्तिहरुले प्रधानमन्त्री र मन्त्रीसंग पटक पटक औपचारिक अनौपचारिक रुपमा भेटेर के आधारमा कार्यविधि बदलिएको हो ? असन्तुष्टि जनाएका छन् ।

बस्नेत तिनै व्यक्ति हुन जसले तत्कालिन कांग्रेस सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई काठमाडौं १ बाट उपनिर्वाचन लड्दा कोइराला खेमामा लागेर उनलाई हराउने समूहको नेतृत्व गरेकी थिइन । कांग्रेस कार्यकर्ताहरु त यतिसम्म भन्छन कि, बस्नेतले अहिलेसम्म भएका निर्वाचनमा रुखमा भोट हालेको रेकर्ड समेत छैन् ।

तिनै बस्नेतलाई प्रतिनिधिसभामा टिकट दिदा असन्तुष्ट कांठमाडौं क्षेत्र नं ३ का कांग्रेसीजन अझ सो क्षेत्र अन्र्तगतको प्रदेशसभामा उनकै सिफारिसमा सिनियरलाई छोडेर जुनियरलाई उम्मेदवार बनाएकोमा रुष्ट छन् । बस्नेतले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री र टिकट बाड्ने जिम्मा पाएको संसदीय समितिलाई दवाव दिएर त्यसक्षेत्रमा लोकप्रिय रहेकी महिला संघकी नेतृ विष्णुदेवी पुडासैनीलाई टिकट नदिई जनसम्पर्क नै नभएका विमल ठकुरी ठकुरीलाई टिकट दिन लगाएको आरोप पनि कांग्रेसीहरुले लगाएका छन् ।

ठकुरी विनाशकारी भूकम्पमा ज्यान गुमाएका तत्कालिन कांग्रेसका क्षेत्रीय सभापति चक्रबहादुर ठकुरीको छोरा हुन । कांग्रेसीहरुसंग कुनै सम्पर्क नभएका ठकुरीसंग मोलमोलाई मिलेपछि बस्नेतले टिकट दिलाएको चर्चा पनि सो क्षेत्रमा चल्ने गरेको छ । त्यस्तै अर्का सो क्षेत्रमा लामो समयदेखि बसोबास गरी संगठन निर्माण गरिरहेका गजेन्द्र लामालाई प्रदेशसभामा टिकट दिनु पर्नेमा बस्नेतकै जोडबलमा छिरिङ लामालाई टिकट दिइएकोमा पनि त्यहाँका कार्यकता रुष्ट बनेका छन् ।