२९ आश्विन २०८३, बिहिबार

आठ किलो सुन गायव गर्ने खेलमा डिआईजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-policeकाठमाडौँ, २ मंसिर । सुन कमिसनको विवादले प्रहरी नेतृत्वमा हंगामा मच्चिएको बेला पश्चिम क्षेत्रमा भने प्रहरीका उच्च अधिकारीहरू आठ किलो सुन नै गायब बनाउने खेलमा लागेका छन् ।

आठ किलो सुनको मूर्तीलाई ढलोटको मूर्ती बनाउने चलखेल नेपालगञ्जमा भइरहेको छ । चार दिनअघि क्षेत्रीय प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले सुनको मुर्तीसहित चार जनालाई पक्राउ गरेको थियो ।

जुम्लाबाट बेच्नलाई नेपालगञ्ज ल्याइएको आठ किलो सुन र चार किलो चा्ँच्दीको मूर्ती बरामद भएकोमा प्रहरीले घटनालाई गोप्य राखी सुनलाई ढलोट बनाएर करोडौं कमाउने षड्यन्त्र गरिरहेका छन् ।

जसमा डिआईजी केशबहादुर शाही र बाँकेका एसपी शेखर कोइराला लागेका छन् ।  पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । पक्राउ पर्नेहरूमा दुई जना कोहलपुरका स्थानीय छन् ।

एसपी शेखर कोइरालाले मुर्ती पक्राउ परेको स्वीकार्दै अुनसन्धान भइरहेकाले सार्वजनिक नगरिएको बताए । ‘के को मूर्ती हो भन्ने प्रष्ट भइसकेको छैन, अनुसन्धान भइरहेको छ,’ उनले भने ।

स्रोतका अनुसार उक्त खबर प्रहरीको माथिल्लो तहसम्म पुगिसकेको छ । त्यसकारण डिआईजी शाही र एसपी कोइरालाको मूर्ती फेर्ने योजना असफल हुने सम्भावना छ । दृष्टिबाट