मुम्बई । बक्स अफिसमा २ सय करोड भन्दा धेरै कमाइसकेको फिल्म ‘गोलमाल अगेन’लाई सुपरहिट फिल्मको संज्ञा दिइएको छ । तर अबको केही समयमा रिलिज हुन लागेको चलचित्र ‘टाइगर जिन्दा हे’ले २ सय करोड कमाए पनि फिल्म फ्लप भएको मानिनेछ ।
यस्तो छ कारण । भारतीय मिडियामा प्रकाशित भएका समाचारका अनुसार यो फिल्म यशराज ब्यानरको अहिलेसम्मकै महंगो फिल्म हो (आमिर खानको नयाँ पिल्म ‘ठग अफ हिन्दुस्तान’को प्रोडक्सन जारी छ) । निर्माताले बताएअनुसार फिल्म १ सय ४० करोडमा बनेको थियो । जसमा जसमा प्रोमोशन बजेर र सलमानको पारिश्रमिक जोडिएको छैन । त्यसकारण ‘टाइगर जिन्दा हे’लाई हिट हुनको लागि पनि २ सय ५० करोड भन्दाबढिको कमाई गर्नुपर्ने हुन्छ ।
‘टाइगर जिन्दा हे’को ट्रेलर रिलिज भइसकेको छ । ट्रेलर रिलिज हुनासाथ इन्टरनेटमा धमाका मच्चाउन सफल यो फिल्ममा एक्सन ड्रामा रहेको छ । फिल्म २२ डिसेम्बर २०१७ मा रिलिज हुनेछ ।
फिल्मको अहिलेसम्म रिलिज भएका पोष्टरहरुको अवलोकन गर्दा फिल्ममा भएका स्टण्ट ९० को दशकमा आएका हलिउड फिल्मको कपि भएको फिल्म विश्लेषकहरुले बताएका छन् । वास्तवमा फिल्म ‘टाइगर जिन्दा हे’मा समावेश भएका स्टण्टहरु ९० को दशकमा आएका ‘रेम्बो’ तथा ‘कमाण्डो’ फिल्मसँग मिल्दोजुल्दो रहेको छ । फिल्मका निर्देशक अलिले ‘टाइगर जिन्दा हे’लाई हलिउडको स्ट्याण्डर्डको बनाउन चाहेको बताएका थिए । –एजेन्सी















प्रतिक्रिया