३ कार्तिक २०८३, मंगलबार

एमाले महासचिव पोखरेललाई जिताउन खटिए निखिल उप्रेती

10.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक । चर्चित नायक निखिल उप्रेती नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई चुनाव जिताउन खटिएका छन् ।

काठमाडौंको बसुन्धरामा मंगलबार आयोजित चुनाव परिचालन समिति घोषणा कार्यक्रममा पुगेर नायक उप्रेतीले एमाले महासचिव पोखरेललाई जितका लागि शुभकामना दिए । उनले पोखरेललाई जिताउन चुनावी अभियानहरुमा हिँड्ने पनि बताए ।

‘यो राम्रो नेता छान्ने बेला हो । त्यसैले मेरो समर्थन एमालेका महासचिव ईश्वर पोखरेललाई छ ।’, उप्रेतीले दैनिक नेपालसँग भने ‘-एमालेका महासचिव पोखरेल देशका लागि चाहिने नेता हुनुहुन्छ, यो देशलाई समृद्ध बनाउन उहाँ जस्ता शीर्ष नेताहरुलाई हामीले जिताएर संसदमा पठाउनुपर्छ ।’

एमाले महासचिव पोखरेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । पोखरेललाई यस क्षेत्रका कलाप्रेमी, बुद्धिजीवि, साहित्यकार, उद्योगी, व्यापारीहरुको समर्थन देखिएको छ ।