काठमाडौँ, २१ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्र निकट प्रवासस्थित भातृ संगठनहरु क्रमशः प्रबासी नेपाली मञ्च ओमान र जनप्रगतिशिल मञ्च ओमान ले नेपालमा भएको बामगठबन्धनको स्वागत गरेका छन् ।
दुबै संगठनले संयुक्त बिज्ञप्ती जारी गर्दै बामगठबन्दनको स्वागत गर्दै उनीहरुले राजनैतिक स्थायित्वका साथै बैदेशिक हस्तक्षेपलाई निरुत्साहित गर्नको लागि नेपालमा कम्युनिस्ट पार्टीहरुको एकता अपरिहार्य रहेकोमा जोड दिएका छन् ।
प्रवासी नेपाली मञ्च ओमानका अध्यक्ष गगन कार्की र जनप्रगतिशिल मञ्च ओमानका कार्यबाहक अध्यक्ष हेम आचार्यद्वारा हस्ताक्षरीत संयुक्त बिज्ञप्तीमा पार्टी एकता गर्ने उद्देश्यसहित भएको बामगठबन्दन प्रकृयाले नेपाली जनतामा खुशियाली छाएको र नेपाल राष्ट्रलाई समाजवादको दिशामा डो¥याउने विश्वाश लिएको जनाइएको छ ।
साथै, विज्ञप्तीमा बामगठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी संघिय सभा र प्रदेश सभामा बहुमतले बिजयी गराउन समेत अपिल गरिएको छ ।















प्रतिक्रिया