रोल्पा, २१ कात्तिक । नेकपा (एमाले) नेता गोकुलप्रसाद घर्तीले रोल्पा वाम किल्ला भएको बताउँदै कम्युनिष्टहरू विजय सुनिश्चित रहेको दाबी गरेका छन् ।
सोमबार रोल्पाको सुलिचौरमा एमाले र माओवादी केन्द्रले आयोजन गरेको जनसभालाई सम्बोधन गर्दै घर्तीले बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने बताए । उनले वामपन्थीहरूले सरकारको नेतृत्व गरी देशलाई समृद्ध बनाउने बताए ।
घर्ती रोल्पाका लागि निर्वाचन परिचालन कमिटी संयोजक बनेका छन् । उनले वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन भूमिका खेल्ने बताएका छन् ।













प्रतिक्रिया