१ कार्तिक २०८३, आइतबार

महिन्द्रा गाडीको लागि मोबाइल सर्भिस सुरु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्स् प्रालिले हालै महिन्द्रा गाडीहरूको लागि मोबाइल सर्भिसको सेवा प्रारम्भ गरेको छ ।

यो सेवासँगै उपत्यका भित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिकसहितको टोली गाडी बिग्रेको स्थानमै पुगी मर्मत गर्नेछन् ।

कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठ, काणलकर चैतन्य (कन्ट्रि हेड महिन्द्रा एण्ड महिन्द्रा) तपश पट्टनाएक (कन्ट्री म्यानेजर महिन्द्रा एण्ड महिन्द्रा)ले मोबाइलभ्यान र मोबाइल सर्भिस बाइकको साँचो हस्तान्तरण गरी सेवाको शुभारम्भ गरेका थिए ।

बालाजु अटोवर्कले सञ्चालनमा ल्याएको मोबाइल सर्भिस सुविधा गाडी मर्मत गर्न चाहिने आवश्यक मेसिन तथा औजार जडान गरिएको छ ।

हालको लागि यो सेवा काठमाडौं उपत्यकाभित्र लागू गरिएको कम्पनीले जनाएको छ । भविष्यमा क्रमशः नेपालका प्रमुख सहरहरुमा सेवा प्रदान गर्ने लक्ष्य कम्पनीको रहेको छ ।

बालाजु अटोवर्क प्रालिका सर्भिस हेड शिब सुदन श्रेष्ठले बिक्री पछिको गुणस्तरीय एवं ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्य सहितबालाजु अटोवर्कका दक्ष प्राविधिकहरुले मोबाइल सर्भिस भ्यान–मोबाइल वाईकमार्फत् छिटो छरितो माध्यमबाट गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको जानकारी दिए ।