२२ कार्तिक २०८३, आइतबार

देवघाटका वृद्धवृद्धासँग आर्शिवाद लिएर सुरु गरे कृष्णभक्त पोखरेलले चुनावी प्रचार

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २० कात्तिक । चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका वाम गठवन्धनका उम्मेदवार कृष्णभक्त पोखरेलले देवघाटका वृद्धवृद्धाहरुको आर्शिवाद लिएर चुनावी घरदैलो कार्यक्रमको सुरुवात गरेका छन् ।

पवित्र धार्मिकस्थल देवघाट धामबाट चुनावी अभियान चालेको प्रचार समितिले जनाएको छ । देवघाटको विभिन्न स्थान पूरा गरी ठिमुरा, रामनगर लगायतको क्षेत्रमा चुनावी प्रचार गरिएको छ । घरदैलोका क्रममा उमेदवार पोखरेलले जनताको अपार मायाले आफु उत्साही भएको जनाउँदै संविधान निर्माणको काम सकेर अब समृद्धि र विकासका ऐजेण्डा सहित मैदानमा उत्रिएको धारणा राखे ।

बामगठवन्धनका उम्मेदवारको जीतसँगै यस क्षेत्र र जिल्लाको विकासले काँचुली फेर्ने पोखरेलले बताए । आफु सभासद रहँदा यस क्षेत्रका हरेक वडामा जनताले महसुस गर्ने गरी विकासका कार्यक्रम ल्याइएको स्मरण गर्दै पोखरेलले पहाडी ईलाकामा बाटो र विजुली पु-याउन योगदान गरेको बताए ।

प्रतिनिधी सभा सदस्य उमेदवार पोखरेलले संबिधान निर्माणका क्रममा मस्यौदा निर्माणको कार्यदलमा प्रभावकारी भूमिका खेल्ने अवसर यहिका जनताबाट प्राप्त भएको जनाउदै अब जनताको आर्थिक समृद्धि र क्षेत्रको विकासकालागि अवसर प्राप्त हुनेमा विश्वास ब्यक्त गरे ।

रामनगरमा गरिएको कार्यक्रममा गठवन्धनका तर्फबाट क्षेत्र नम्बर २ को (क) का प्रदेश सभा सदस्य उमेदवार घनश्याम दाहाल ‘अविनाश’ पनि सहभागी थिए । बामगठवन्धनवाट क्षेत्र नम्वर २ को ‘ख’ मा विजय सुवेदी प्रदेश सभा सदस्यको उमेदवार रहेका छन् ।

बामगठवन्धनका उमेदवारहरुले क्षेत्र नम्वर २ अन्तरगत मंगलवार बिहान पोखरा बसपार्क र दिउँसो आपटारी क्षेत्रमा घरदैलो र मतदाता भेटघाटको कार्यक्रम गरेको क्षेत्रीय प्रचार संयोजक घनश्याम भट्टराईले जानकारी दिए ।