२२ कार्तिक २०८३, आइतबार

स्पेन टुक्र्याउने कदमविरुद्ध नेपालले दियो आफ्नो धारणा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० कात्तिक । नेपाल सरकारले सोमबार स्पेनबाट क्याटोलोनिया विभाजन गर्ने कदमको विरुद्धमा आफूलाई उभ्याएको छ । त्यहाँको आन्तरिक मामिला स्पेनको संवैधानिक दायराभित्र रहेर समाधान गर्नुपर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘स्पेनको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको दृढ समर्थन एवं सम्मान गर्ने नेपाल र स्पेनबीचको सम्बन्ध पारस्परिक, मैत्री, सहयोग, आपसी समझदारी र एक अर्काका आकांक्षाप्रति सम्मानमा आधारित रहेको छ ।’

केही समयअघि मात्रै निर्वाचनमार्फत स्पेनको एक भागबाट क्याटोलोनिया छुट्टै राष्ट्रको रुपमा विभाजन भएको थियो ।