–रुपलाल बोहोरा
डोल्पा, २० कात्तिक । पछिल्लो समयमा रुपगाडको तातोपानी को मुहान जिर्ण बन्दै गएको छ । ठुलीभेरी नगरपालिका को वडा नम्बर ७ अन्तर्गत पर्ने रुपगाड खोला मा भएको तातोपानी को मुहानको संरक्षणमा कसैको पनि ध्यान नगएपछि दिन प्रतिदिन जिर्ण बन्दै गएको हो ।
बदलिदो जलवायु परिर्वतन का साथै बर्षेनी नदी कटानले सो मुहामा तातोपना बिस्तारै हराउदै गएको स्थानिय बासीले गुनासो ब्यक्त गरेका छन् । तातोपानीमा नुहाएपछि जोर्नीहरु दुख्ने रोग तथा अन्य बाथ रोगहरु निको हुने जनमानसमा विश्वासका कारण बर्षेनी पुषदेखी बैशाख सम्म तातोपानीमा नुहाउनेको निकै भिड लाग्ने गर्छ । नुहाउन गएका मान्छेहरुलाई बास बस्ने ठाउ नभएपछि ठुलो जोखिम रहेको स्थानिय धन बहादुर डागीले बताए । ‘बस्ने सानो ओडारमा हो’ उनले भने, ‘कहिलेकाही त एक दिनमा असी जनासम्म हुन्छन् । ती सबै मान्छेहरु खोलाको किनार र खाली सानो बाटोमै बसेर नुहाउने गर्छन् ।’ त्यस्तो ठाउँमा बस्नको लागी धर्मशाला बनाएमा ठुलो राहत हुने उनको भनाई रहेको छ ।
नवनिर्वाचित जनप्रतिनिधिहरुबाट व्यवस्थित गरिने आश्वासन आएपछि स्थानीयलाई झिनो आशा पलाएको छ । व्यवस्थापन पछि त्यहाँका स्थानीयहरुका लागि आम्दानीको स्रोत बन्न सक्ने एक स्थानीय युवाले आशा व्यक्त गरे ।












प्रतिक्रिया