–मिना बुढाथोकी
सल्यान, २० कात्तिक । सल्यान जिल्लाको साविकका ५ वटा गाविसमा ७ सय ६४ बालबालिका मानसिक समस्या बाट गुज्री रहेको एक तथ्याकले देखाएको छ । मानसिक स्वास्थ्य सम्बन्धी काम गर्ने संस्था सीएमसीले दिएको जानकारी अनुसार जिल्लाका ६ वटा क्षेत्रमा ७ सय ६४ जना बालबालिकामा मानसिक समस्या देखिएको छ ।
जसमध्ये १४ दशमलव ७८ प्रतिशत बालबालिकामा मानसिक समस्या रहेको छ भने र ५ दशमलव ८ प्रतिशत बालबालिकामा डिप्रेशन भएको सीएमसीका जिल्ला सुपरभाईजर लोक बहादुर विकले जानकारी दिए । जिल्लाको थारमारे स्रोत केन्द्र, स्यानीखाल स्रोत केन्द्र, सीतलपाटी स्रोत केन्द्र, रामपुर स्रोत केन्द्र र मुलखोला स्रोत केन्द्रले संकलन गरेको तथ्याकंमा प्राय मानसिक समस्या १३ देखी १५ वर्षका बालबालिका प्रभावित हुने गरेको देखिएको उनले बताए ।
सीएमसी नेपालले अहिले जिल्लाका ३७ वटा विद्यालयमा बालमानसिक स्वास्थ्य सम्बन्धी काम गरी रहेको छ भने बाल क्लब र महिला समुह गठन गरेर पनि जिल्लामा काम गरि रहेको छ । यस्तै सिएमसि नेपालले १ सय ७६ बालबालिका लाई मनोपरामर्श गरेको जनाएको छ ।
बालबालिकामा देखिने गरेको यस्तो समस्याको मुख्य कारण पारिवारीक वातावरण, समाजिक र जैविक रहेकोले यस्को न्युनिकरणका लागी अभिभावकले बालबालिकाको कुरा सुनिदिने, बुझी दिने, माया दिने र मनोपरामर्श दिनु जरुरी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख बिमल श्रेष्ठले जानकारी दिए ।












प्रतिक्रिया