३ कार्तिक २०८३, मंगलबार

गायक सिंहले ल्याए ‘आलाप– ३’, ‘वा रे वा’को भिडियो तयार

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक कन्हैया सिंहले ‘आलाप– ३’ एल्वम सार्वजनिक गर्ने अन्तिम तयारी गरेका छन् । अमेरिकामा बसोबास गर्दै आएका गायक सिंहले स्वदेश आएका बेला एल्वम निकाल्न लागेका हुन् ।

‘आलाप– ३’ मा संगीतकार सन्तोष श्रेष्ठले मुख्य गीतमा संगीत दिएका छन् । गीतको शब्द डी.आर.(दिनेशकुमार राई)ले लेखेका हुन् भने एरेञ्ज आमोश तामाङ र मिक्सिङ श्याम श्वेत रसाइलीको रहेको छ ।

‘तिम्रो त्यो रुपमा रंग, वा..रे, वा…’ बोलको यो गीत रोमान्टिक शैलीमा बनाइएको हो । गायक सिंहले भने, ‘अलिक फरक शैलीको गीत बनाउने प्रयास भएको छ । मेरा अघिल्ला गीतहरूभन्दा राम्रो पनि बनेको महशुस गरेका छौँ ।’

संगीतकार श्रेष्ठले पनि आधुनिक गीत भएपनि रोमान्टिक शैलीमा बनाइएको बताए । उनले भने, ‘म र कन्हैया सिंहबीच यसअघि पनि धेरै गीतमा सहकार्य गरेका छौँ । तर, यो गीत अलिक भिन्दै शैलीमा छ । ‘क्याची’ बनेको छ । फाष्ट बिटमा डान्सिङ प्याटनको गीत हो ।’

गायक सिंहले यसअघि ‘आलाप’ एल्वमका दुई भाग निकाली सकेका छन् । ‘आलाप ३’ सिंहको तेस्रो गीति एल्वम हो । ‘तिम्रो त्यो रुपमा रंग, वा..रे, वा…’ बोलको गीतको गायक सिंहले म्युजिक भिडियो पनि बनाएका छन् ।

म्यजिक भिडियोको निर्देशन विकास घले गुरुङले गरेका हुन् । म्युजिक भिडियोमा वालट्वीटमा विश्व रेकर्ड बनाएका पार्कर दिनेशले अभिनय गरेका छन् । दिनेशलाई विनु शाक्यले साथ दिएकी छिन् । मुकेश हुमागाइँले म्युजिक भिडियोको छायाँकन गरेका हुन् ।