३ कार्तिक २०८३, मंगलबार

झापाबाट सुरु गरियो ‘अमेरिकाबोइज’को छायांकन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १९ कात्तिक । क्यामेरा पूजा गर्दै झापा जिल्लाबाट चलचित्र ‘अमेरिकाबोइज’ को छायांकन प्रारम्भ गरिएको छ । चलचित्रका कास्ट एन्ड क्रिउ यति बेला झापामा रहेका छन् । फिल्मका मेकर प्रकाश भूजेलले झापामा करिब १४ दिन सुटिङ गरिने बताए ।

त्यसपछि बाँकी छायांकनका लागि टिम काठमाडौँ फर्कनेछ । साथै निर्माण यूनिटले छायांकन प्रारम्भ गरेसँगै रिलिजडेटसमेत घोषणा गरेको छ । आउदो नयाँवर्ष २०७५ सालको बैशाख १४ गते यो चलचित्र रिलिज हुनेछ ।

चलचित्रमा सुनिल थापा, अर्पण थापा, सृष्टि कार्की, सन्दीप क्षेत्री र कामेश्वर चौरासियाको शीर्ष भूमिका रहेको छ । सृष्टिले यसै फिल्मबाट रजतपट डेब्यु गरेकी हुन् । अनुप थापा कार्यकारी निर्माता रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरिरहेका छन् ।