२२ कार्तिक २०८३, आइतबार

भोट किन्न खोज्ने उम्मेदवारको प्रतिकार गर्ने यादवको चेतावनी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १९ कात्तिक । नेपाल संघिय समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले सर्वसाधारण निमुखा जनतालाई पैसा बाडेर भोट किन्न खोज्ने उम्मेदवारलाई प्रतिकार गरिने चेतावनी दिएका छन् । नेपाल संघिय समाजवादी पार्टी पर्साको आइतबार सम्पन्न कार्यकर्ता भेला तथा निर्वाचन परिचालन सम्बन्धी रणनीतिक बैठकलाई सम्बोधन गर्दै केन्द्रिय उपाध्यक्ष यादवले दलको आवरणमा चुनाव लडने दलाललाई नछाडिने बताएका हुन् ।

उनले शोषित पीडित जनताको अस्तित्व जोगाउन भ्रष्टाचार मुक्त समाज निर्माण गर्न खोक्रो समाजवादको नारा दिदै जनतालाई भ्रममा राख्ने तत्वहरुको भण्डाफोर गर्न आफूहरु निर्वाचनमा उत्रिएको बताए । कार्यक्रममा संघिय समाजवादी पार्टीका उम्मेदवारहरु कदम रसुल, डा.मनोज यादव, शंकर राउत अहिर, महम्मद नसरुल मिया, श्रीभगवान गिरी, इम्दाद गद्दी, नथुनी कुशवाहा, कविता चौधरी, विना देवी, विरन्द्र राम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।