२२ कार्तिक २०८३, आइतबार

जसले कांग्रेसबाट टिकट पाएर पनि छाडे

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसबाट टिकटका आकांक्षी योगेन्द्र चौधरीले टिकट पाएर पनि परित्याग गरेको खुलासा भएको छ ।

दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा टिकटको माग गरेका चौधरीलाई नेपाली कांग्रेस संसदीय समितिले दाङको क्षेत्र नं. २ मा उम्मेदवार बन्न आग्रह गरेको थियो । तर, चौधरीले सो क्षेत्रमा आफ्नो राजनीतिक पकड नरहेको भन्दै टिकट अस्वीकार गरेको उनले बताए ।

‘दाङको क्षेत्र नं. १ बाट टिकटको आशा गरेको थिएँ । मेरो राजनीतिक क्षेत्र १ नं. क्षेत्र हो’, उनले भने, ‘दुई नं. क्षेत्रमा टिकट लिएर जान भनिएको थियो । तर, मैले मानिन् ।’ नेता चौधरीले आफूले टिकट नपाएपछि कांग्रेसका उम्मेदवारहरूलाई जिताउन प्रचार प्रसारमा सक्रिय रहेको बताएका छन् ।

त्यति मात्रै होइन चौधरीलाई क्षेत्र नं. २ ‘२’ मा पनि प्रदेश सभाका लागि उम्मेदवार बन्न आग्रह भएको थियो ।

टिकट त्यागेर गल्ती गर्नुभएको होइन ? भन्ने प्रश्नको जवाफमा चौधरीले भने, ‘म कांग्रेसको कार्यकर्ता हुँ । टिकट पाएँ भन्दैमा अरु साथीहरूलाई अन्याय गर्नु हुँदैन । मेरो क्षेत्र भनेको १ नं. हो । २ नं. क्षेत्र अरु साथीहरूको हो । अवसर फेरि पनि आउँछ ।’

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका मुख्य सचेतक समेत रहेका चौधरीलाई पार्टी समायोजन हुने बेला टिकट दिने आश्वासन दिइएको थियो । तर, भागण्डाका क्रममा केही नेताहरूका कारण उनलाई दाङ क्षेत्र नं. १ बाट टिकट नदिइएको हो ।

स्रोतका अनुसार चौधरीलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने तयारी भएको छ ।

सुरुवाती दिनमा नेपाली कांग्रेसबाट राजनीति गरेका चौधरी थारु आन्दोलनबाट उदाएका नेतामा पर्छन् । फोरम लोकतान्त्रिकमा रहँदा चौधरी र सो पार्टीका अध्यक्ष विजयकुमार गुच्छदारबीच राम्रो सम्बन्ध थियो ।