१ कार्तिक २०८३, आइतबार

अपि पावरको दोस्रो आयोजना अन्तिम चरणमा

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, १८ कात्तिक । अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको अप्पर नौगड गाढको निर्माण कार्य अन्तिम चरणतिर पुगेको छ । ८ मेघावाट क्षमताको उक्त आयोजना स्थल दार्चुला जिल्लामा रहेको छ । उक्त आयोजना हाल संचालनमा रहेको नौगड गाढ आयोजना भन्दा ७ किलोमिटरमाथि रहेको छ ।

अपि पावर कम्पनी लिमिटेडले निर्माण गरेको यो दोस्रो आयोजना हो । यो आयोजना १७ महिना भित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको थियो र सोहि अनुरुप कार्य भईरहेको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत चमेलिया जलविद्युत आयोजनाबाट निर्माण भईसकेको बलाच सवस्टेशनमा जडान गरिनेछ ।

नेपाल विद्युत प्राधिकरणबाट निर्माण भएको १३२ के.भि अत्तरियादेखि बलाच सम्मको ट्रान्समिसन लाइन समेत यसै महिना चार्ज हुने भएकोले अपि पावरका दुवै आयोजनाहरु १३२ के.भि मार्फत प्रवाह भई कम्पनीको आम्दानी समेत बढ्ने विश्वास कम्पनीले लिएको छ ।

८ मेघावाट क्षमताको उक्त अप्पर नौगड गाढ आयोजना २०७४ साल चैत मसान्तसम्म सकिने छ । कम्पनीले नेपालमा पहिलो पटक लाइभ ग्रिड कनेक्टेड सोलार आयोजनाहरु निर्माण गर्न आवश्यक कार्यहरु समेत शुरु गरिसकेको छ । कम्पनीले ६ महिना भित्र नेपालका विभिन्न सवस्टेशनहरुमा जडान गर्ने गरि १८ मेघावाटको यस्ता सोलार आयोजनाहरु समेत यसै आर्थिक वर्षभित्र ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले यी सोलार आयोजनाहरुको विद्युत खरिद बिक्री सम्मmौता आउने हप्ता सम्पन्न हुने कम्पनीले जनाएको छ । यस संगै प्रतिक्षामा रहेको हकप्रद स्वीकृत गर्ने कार्यमा लाग्ने समेत कम्पनीले जनाएको छ । कम्पनीले ४० मेघावाट क्षमताको माथिल्लो चमेलियाको विस्तृत अध्ययन सकि विद्युत खरिद बिक्रीको लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिने क्रममा रहेको समेत न्यौपानेले जानकारी दिएका छन् ।