परासी, कार्तिक १३ । लुम्बिनी अन्चलको तराईका जिल्लामा घुमुवा प्रहरीको विगविगी बढेको छ । सूचना संकलनकोलागी राखिएको घुमुवा प्रहरीले अबैध कारोबारीसंग मिलेर अबैध काम गर्दा समेत प्रहरीका अधिकारीहरु मौन बसेका छन् ।
लुम्बिनी अन्चल प्रहरी कार्यलयका एसएसपी दिपक कुमार थापाको मातहतमा रहेका घुमुवा प्रहरी असई अवधेस यादवले नवलपरासीको सीमावर्ति क्षेत्रमा अबैध कारोबारीलाई सघाउने गरेको बुझिएको छ । स्रोतका अनुसार असई यादवले अबैध व्यापार गर्नेहरुसंग रकम पनि असुल्ने गरेको बुझिएको छ । उनले नवलपरासीमा कतिपय ठाउमा आफै त कयौं ठाउमा त्यहांका घुमुवा प्रहरी गजेन्द्र शाह मार्फत अबैध कारोबारीलाइ सघाइरहेका छन् ।
जिल्लाको विष्णुपुरा, भुजाह, त्रिवेणी, गूठी प्रशौनी र महेशपुर नाकाबाट तस्करी गर्नेहरुलाई असइ यादवको संरक्षण रहेको बुझिएको छ । यता रुपन्देहीमा भगवानपुर, अमवा र मझेरी नाकाबाट हुने अबैध कारोबारलाई पनि यादवले सहयोग गर्ने गरेका छन् । नवलपरासीमा कार्यरत शाह करिब २ वर्षदेखी जिल्लामा कार्यरत छन् भने लुम्बिनी अन्चल प्रहरी कार्यलयमा कार्यरत असई यादव करिब १ वर्षदेखी घुमुवाको रुपमा कार्यरत छन् । असइ यादवलाइ नेपाल प्रहरीका पुर्व आईजीपि उपेन्द्रकान्त अर्यालले अबैध कारोबारीसंग संलग्न भएको प्रमाणको आधारमा नैसिहीयतः समेत दिएका थिए । त्यतिबेला रुपन्देहीको घुमुवा थिए भने जिल्लाको एसपी रविन्द्रनाथ रेग्मी थिए ।
असई यादवलाई प्रहरी हवल्दार रामसकल यादवले सघाउने गरेका छन् । प्रहरी हवल्दार रामसकलको दरबन्दी वडा प्रहरी कार्यलय बुटवलमा दरबन्दि हो तर उनलाई रकम उठाउनकै लागी अन्चलमा लिइएको छ । प्रहरी हवल्दार यादवले चितवनमा घुमुवाको रुपमा बद्नामी भएपछि कारबाहि समेत भएको थियो ।
नवलपरासीमा अबैध कारोबारी गरिरहेका राजेन्द्र शर्मा, बव्लु, बेचु, सुदर्शन, राजुहरुसंग अन्चल प्रहरी र जिल्लाका घुमुवाहरुको बाक्लो उठबस पनि हुनेगरेको छ ।
घुमुवा प्रहरी तस्करसंग मिलेर काम गरको सन्दर्भमा जिज्ञासा राख्दा नेपाल प्रहरीका ५ नम्बर प्रदेश प्रमुख एआइजी मिंगमार लामाले घुमुवा प्रहरी नै नराख्न आफुले सबै कार्यलयलाइ निर्देशन दिएको जनाए । उनले भने ‘मैले घुमुवा प्रहरी नै नराख्नु भनेको छु । यदि त्यस्तो गरिएको छ भने कारबाहि हुन्छ ।’












प्रतिक्रिया