२२ कार्तिक २०८३, आइतबार

झापामा वाम उम्मेदवारका यस्ता छन् योजना, जग्गा विहिनलाई जमिनको हकदार बनाइने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, १८ कात्तिक । स्थानिय जनताको मुहान फर्ने र रोजगारीका अवसर प्रदान गर्न आफुहरुको उम्मेदवारी दिएको झापा क्षेत्र नम्वर ४ का प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुले बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल झापाले आज सुरुङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा मंसिर २१ गते हुने निर्वाचनका लागि बाम र राप्रपा गठबन्धनले उठाएको उम्मेदवारहरुले स्थानिय क्षेत्रको समस्याको सामधान गर्दै पर्यटकीय लगायतका बिकास गर्न उम्मेदवारी दिएको बताएका हुन् ।

प्रेस चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेल र प्रेस सेन्टरका अध्यक्ष टिकाराम उप्रेतीको संयुक्त अध्यक्षतामा भएको पत्रकार सम्मेलनका प्रमुख अतिथि क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार एल पी साँवाले आफुहरु जितेर गए स्थानिय क्षेत्रमा बसोबास गरी रहेका जग्गा बिहिन जनतालाई जमिनको हकदार बनाउने बताउनु भयो ।

त्यहाँको जोखिम र समस्या पहिचान गरी उनीहरुको सहयोगमा बिकास गर्ने रोजगारी दिएर उनीहरुको घर परिवारको आर्थिक सुधार गर्ने एजेन्डा अघि सारेको प्रतिनिधि सभा सदस्य साँवाले बताउनु भयो । स्वास्थ्य बिमा, स्थानिय पर्यटकीय स्थल जामुनखाडी , सतासीधाम लगायतको बिकास गरी पर्यटन प्रवद्र्धन गर्ने नेता साँवाले बताउनु भयो । अर्का प्रदेश सभा सदस्य क का उम्मेदवार झलक सिंह दर्लामीले कन्काई नदीको कटान समस्या अल्पकालिन र दिर्घकालिन योजना बनाएर समाधान गर्ने बताउनु भयो । अहिलेको निर्वाचनमा बाम राप्रपा गठबन्धनलाई जनताले नजीताए संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने दर्लामीले बताउनु भयो ।

प्रदेश सभा सदस्य ख का उम्मेदवार हिरा थापाले सामाजमा रहेको वर्गीय र जातीय विभेदको अन्त गर्दै समृद्ध समाज निर्माणका लागि हाम्रो गठबन्धनलाई जिताउनु आग्रह गर्नु भयो । हिजोका तिता मिठा कुरालाई बिर्सिएर बाम राप्रपा गठबन्धनलाई जिताएर समाज परिर्वतन र बिकास गर्न मतदान गर्न उम्मेदवार थापाले अनुरोध गर्नु भयो । चौतारीका केन्द्रिय सदस्य तिर्थ सिग्देल र प्रेस सेन्टरका केन्द्रिय सदस्य बिमल लामिछानेले निर्वाचनको एजेन्डाको बिषयमा बोल्नु भएको थियो ।