
एजेन्सी । ल्यूकोरिया अर्थात योनीबाट सेतो पानी बग्नु महिलाहरुको साधारण समस्या हो । यसलाई ह्वाइट डिसचार्ज पनि भन्ने गरिन्छ । यो समस्या महिलाहरुमा महिनावारीभन्दा पहिले वा पछि एक या दुई दिन हुने गर्दछ । हरेक महिलामा यो फरक समयमा तथा फरक चक्रमा हुन सक्छ । बिवाहित वा अबिवाहित कुनै पनि महिला यो समस्याको सिकार हुन सक्छन् ।
किन हुन्छ ल्यूकोरिया (Leucorrhoea) को समस्या ?
— यौनांगको सरसफाई नगर्दा संक्रमण हुन सक्छ । यसको कारणले सेतो पानी बग्ने समस्या देखिन सक्छ ।
— महिनावारी, गर्भावस्था तथा मोनोपज अर्थात महिनावारी बन्द हुने समयमा महिलाको शरीरमा हुने हर्मोनल गडबडका कारण यो समस्या देखिन सक्छ ।
— बारम्बार गर्भपतन गर्दा पाठेघरमा हुने संक्रमणका कारण पनि ल्यूकोरियाको समस्या देखिन सक्छ ।
— मधुमेहले पनि कहिलेकाँही यौनांगमा संक्रमण गराउन सक्छ । त्यसले गर्दा पनि ल्यूकोरिया हुन सक्छ ।
— धेरै चिल्लो, मसालेदार, जंक फूड तथा धेरै उपवास (ब्रत) बस्नाले पनि ल्यूकोरिया निम्त्याउन सक्छ ।
— गलत गरिकाले शारीरिक सम्बन्ध राख्दा यौनांगमा चोट लाग्न सक्छ । जुन ह्वाइट डिसचार्जको कारण बन्न सक्छ ।
— गोनेरिया, क्लेमाईडिया जस्ता यौन सम्पर्कका कारण सर्ने रोगले यौनांगमा संक्रमण फैलाउँदा ल्यूकोरियाको समस्या देखिन सक्छ ।
— कहिलेकाही गर्भनिरोध चक्कीहरु, क्रिम तथा अन्य गर्भनिरोधक साधनको कारण संक्रमण हुन सक्छ । जसको कारण पनि ह्वाइट डिसचार्ज हुन सक्छ ।
ह्वाइट डिसचार्ज अथार्त सेतो पानी बग्ने समस्याबाट बच्नको लागि यौनांगको नियमित सरसफाइ गर्ने, स्वस्थ खानेकुरा खाने आदी गर्न सकिन्छ । यसलाई केही आयुर्वेदिक विधिबाट पनि नियन्त्रण गर्न सकिन्छ, ती यस प्रकार छन्ः
१. चार चम्चा धनिँयाको दानालाई रातभर पानीमा भिजाउने । बिहान त्यसलाई छानेर खाली पेटमा पिउने ।
२. एक चम्चा अमला पाउडरमा एक चम्चा मह मिसाएर दिनमा दुई पटक पानीको साथमा सेवन गर्ने ।
३. चामललाई अलि धेरै पानी हालेर उमाल्ने । उम्लेको चामलको पानी (माड) मा एक चिम्टी नुन मिसाएर पिउने ।
४. अम्बा अर्थात बेलौँतीको पातलाई धोएर सफा पानीमा उमाल्ने । जब पानी आधा रहन्छ, त्यसलाई पिउने ।
५. जेठी मधुको जरालाई पिँनेर धुलो बनाउने । एक चम्चा धुलालाई मनतातो पानीमा घोलेर बिहान बेलुका सेवन गर्ने ।
६. ब्ल्याकबेरी (कालो ऐँसेलु)को बोक्रा या बिँयालाई पिँनेर धुलो बनाउने । एक चम्चा धुलालाई मनतातो पानीमा घोलेर बिहान बेलुका सेवन गर्ने ।
७. ईसबगोल (अश्वकर्ण) को भूसीलाई दुधमा लामो समयसम्म उमाल्ने । यसमा मिश्री घोलेर सुत्नुभन्दा अघि पिउने ।
८. मेथीको दानालाई पिँनेर धुलो बनाउने । एक चम्चा मेथीको पाउडर दिनहुँ बिहान बेलुका सेतो भेलीमा मिसाएर सेवन गर्ने ।
९. एक चम्चा जौँ र एक चम्चा अश्वगंधाको धुलोमा मिश्री मिसाएर मनतातो दुधसँग खाने ।
१०. रुखबाट निस्कने खानमिल्ने गमलाई रातभर पानीमा जिएर राख्ने । बिहान छानेर पानी पिउने ।
यी दश विधिले ह्वाइट डिसचार्ज अथार्त सेतो पानी बग्ने समस्या नियन्त्रण गर्न मद्यत पु-याउँछ ।















प्रतिक्रिया