काठमाडौं, १८ कात्तिक । अवैध लागुऔषध सहित एक विदेशी नागरिक विमानस्थलबाट पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरोले २ केजी ८ सय ५० ग्राम चरेस सहित ३३ वर्षीय नर्वेली नागरिक सैन्डबो मार्टिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
मार्टिन कतारको एयरलाइन्सबाट दोहा हुँदै नर्वे जान लागेका थिए। उनले आफ्नो साथमा रहेको लेदरको व्यागमा फल्स बटम बनाइ चरेस लुकाई लैजान लागेका थिए ।












प्रतिक्रिया