२२ कार्तिक २०८३, आइतबार

तीन प्रतिद्वन्द्वी बाम उम्मेदवार जिताउन कस्सिए

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १६ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर प्राय पहिलेका प्रतिद्वन्द्वीबीच नै प्रतिस्पर्धा भइरहेको छ । तर, बाजुरामा एमाले उम्मेदवार लालबहादुर थापा भने २०७० को संविधानसभा दोस्रो चुनावमा प्रमुख पार्टीबाट उम्मेदवार बनेका तीनैजना उम्मेदवारका एकजना साझा उम्मेदवार बन्न सफल भएका छन् ।

थापा सहीत बामगठबन्धनका उम्मेदवार प्रदेश क मा बल्देव रेग्मी र ख मा प्रकाश शाहलाई जिताउन काँग्रेस, एमाले र माओवादीका तीनै जना प्रतिद्वन्द्वी लागि परेका छन् । २०७० को निर्वाचनमा उम्मेदवार बनेका काँग्रेसका मनबहादुर रावल, माओवादी केन्द्रका सहदेब बोगटी र एमालेका कर्णबहादुर थापा एकठाउँमा छन् ।

मनबहादुर रावलले असोज १८ गते काँग्रेस छोडेका हुन् । संविधानसभाका निर्वाचन २०७० मा एमालेबाट २२४५८ मत ल्याएर निर्वाचित भएका कर्णबहादुर थापा लालबहादुरको पक्षमा हुने नै भए । कर्णबहादुर लालबहादुरको चुनावी कमाण्डर बनेर प्रचारमा हिंडेका छन् ।

७० को चुनावमा १८१२५ मत ल्याएर दोस्रो भएका कांग्रेस उम्मेदवार मानबहादुर रावल स्वयम बामगठबन्धनका उम्मेदवारको प्रचारमा जुटेका छन् । २५ वर्षसम्म कांग्रेस बाजुराको सभापति भएका रावल कांग्रेसबाट लोकतन्त्रको रक्षा हुन नसक्ने भन्दै एमाले प्रवेश गरेका थिए ।

गत स्थानीय तहको चुनावसम्म कांग्रेसमा टिकट वितरण समेत गरेका रावलले आफ्ना समर्थकहरुलाई एमाले उम्मेदवार थापाको पक्षमा मत दिन आग्रह गरेका छन् । यस्तै एमाले माओवादी चुनावी तालमेल भएपछि संविधानसभा निर्वाचन २०७० मा ५६९१ मत ल्याई तेस्रो स्थानमा रहेका माओवादीका सहदेव बोगटी पनि एमाले उम्मेदवार थापालाई जिताउन सक्रिय छन् ।

७० को संविधानसभा निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो मत ल्याउने तीनैजना उम्मेदवारहरु थापा, रावल र बोगटी एमाले उम्मेदवारलाई जिताउन सक्रिय भएपछि चुनावी माहौल एकपक्षीय जस्तै बन्न पुगेको छ ।

प्रतिनिधिसभामा एमालेबाट उम्मेदवार बनेका लालबहादुर पार्टीको केन्द्रीय सदस्य हुन् । भने प्रदेश ख का उम्मेदवार प्रकाश शाह एमाले बैकल्पिक केन्द्रीय सदस्य छन् । प्रदशे ख का उम्मेदवार बल्देव रेग्मी एमाले सचिव हुन् ।

कांग्रेसले बाजुरामा प्रतिनिधिसभा सदस्यका लागि कविराज पण्डितलाई उम्मेदवार बनाएको छ । कांग्रेसले प्रदेशसभाका लागि कांग्रेस प्रदेशसभा क मा जनकराज गिरी, ख मा पदमबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

पार्टीका उम्मेदवार प्रभावशाली नहुनु र पार्टीको केन्द्रीय सदस्य बद्री पाण्डेजस्ता नेताले टिकट नपाएपछि आन्तरिक असन्तुष्टि सेलाउन नपाउँदै समानुपातिक तर्फको टिकटमा देउडा पक्षले एकलौटी गरेपछि असन्तुष्टको जमाथ बाक्लीएको छ ।

२०७० को चुनावमा उम्मेदवार क्रमशः माओवादीका सहदेब बोगटी, एमालेका कर्णबहादुर थापा, काँग्रेसका मनबहादुर रावलसँगै प्रतिनिधि सभा उम्मेदवार लालबहादुर थापा