३ कार्तिक २०८३, मंगलबार

यस्तो बन्यो श्वेताको फिल्म ‘कान्छी’को गीत

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’को पहिलो गीत सार्वजनिक भएको छ ।

खड्काले बिहीबार ‘कान्छीको ‘चरी चट्ट परी, भुरुरु..खोली तिरैतिर..’ बोलको गीत भिडियो सहित युट्युब रिलिज गरिएको हो । यो फिल्मको गीतलाई बुढासुब्बा म्युजिक कम्पनीले बजारमा ल्याएको छ ।

गीतमा राजनराज सिवाकोटीको शब्द, स्वर र संगीत रहेको छ । गीतमा उनलाई स्वरमा साथ अञ्जु पन्तले दिएकी छिन् । गीतको भिडियोमा मुख्य दुई कलाकार श्वेता र दयाहाङ राईको फिचरिङ रहेको छ । भिडियो निर्देशन वसन्त श्रेष्ठले गरेका हुन् ।

श्वेताले नै निर्माण गरेको फिल्ममा आकाश अधिकारीको निर्देशन रहेको छ । माघ २६ गते फिल्मको रिलिज तयारी गरिएको छ ।

‘कान्छी’मा श्वेता र दयाहाङ राईका साथै प्रज्वल सुजल गिरी, अनु शाहको पनि अभिनय छ ।