३ कार्तिक २०८३, मंगलबार

युवा साहित्यकार विमन बुर्लाकोटीको ‘गर्जन’ सार्वजनिक

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । धादिङ सल्यानटारका २३ वर्षिय बिमन बुर्लाकोटीको ‘गर्जन’ नामक कविता संग्रह विमोचन गरिएको छ ।

काठमाडौ बनस्थलीमा एक विशेष कार्यक्रमको आयोजना गरि ८० पुष्ठ लामो बुर्लाकोटीको ‘गर्जन’ कविता संग्रह नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीद्वारा विमोचन गरिएको हो ।

सानै उमेर देखि साहित्यमा रुचि राख्ने बुर्लाकोटी त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र पत्रकारितामा स्नातकमा अध्ययनरत छन् ।

संग्रह भित्रको एक कविता

किसानको कथा

बेसी खेतको रोपाइँ सकी
लानुछ घर घाँसको भारी
मलाई सम्झी कराउँदै होला
घरमा मेरो काली भैंसी ……

कतै रोपो बुढेर गयो
कतै रोपाइँ भएको छैन
साउन महिना सकिन लाग्यो
अझै वर्षा भएको छैन …….

गह्रानै भरि धाँजो फाट्यो
टारी खेतमा बाँझो जोतेको छैन
हरियो बिउ सुकेर गयो
समामा पानी झरेको छैन ….

घरमा मेरो स- साना नानी
हेर्दै होलान् धानको भकारी
कसरी भनौं खेतको कथा
भारी जिउकी छिन ती मेरी प्यारी ….