स्याङ्जा, १६ कातिक । स्याङ्जाको भिरकोट नगरपालिका वडा न ५ स्वरेक मैदानमा यतिबेला विदेशी खेलाडीको आगमनले चहलपहल बनाएको छ ।
पहिलोपटक अन्तराष्ट्रिय प्यारागलाइडिङ जिल्लामा भएपछि जिल्ला बासि दंग परेका छन् । बाबु एडभेन्चर क्लवको आयोजनामा भएको सो प्रतियोगिताको बुधबार उद्घाटन गर्दै स्याङ्जा जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले स्याङ्जा जिल्ला लाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न जिल्ला समन्वय समिति लागि पर्ने बताइन ।
प्रमुख सीता सुन्दासले सन् २०२० मा हुने अन्तराष्ट्रिय प्यारागलाइडिङ प्रतियोगिता स्याङ्जाको स्वरेकमा आयोजना गर्न उनले प्यारागलाइडिङका अन्तराष्ट्रिय निर्णयक एनटिमा मौन्ट लाई आग्रह गरिन ।
स्याङ्जाको आधिखोला भ्यालीलाई हवाइ रंगशालाको रुपमा विकास गर्नुका साथै राष्ट्रिय खेलाडिको छनोट गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा २० देशका १ सय ८० जना खेलाडि सहभागि रहेको अयोजकले जनाएको छ ।
२० गते सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ८५ लाख खर्च लाग्ने बाबु एडभेन्चर क्लवका अध्यक्ष कृष्ण जंग केसीले बताए ।
प्रतियोगितामा अमेरीका, जापान, जर्मन, स्पेन, बेलायत, सिंगापुर, मलेसिया, कोलम्बीया, भारत लगायतका २० देशको सहभागिता रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्त कुमार श्रेष्ठले बताए ।
कार्यक्रम्मा कालिगण्डकी गाउँपालिका अध्यक्ष खिम थापा, गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी, पुतलीबजार नगरप्रमुख सिमा क्षेत्री, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण लगायतले बोलेका थिए ।
उद्घाटन समारोह बाबु एडभेन्चर क्लवका अध्यक्ष कृष्ण जंग केसीको सभापतित्व र जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्त कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
















प्रतिक्रिया