३ कार्तिक २०८३, मंगलबार

अमेरिकामा गायक शिव परियारको विशेष प्रस्तुति

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । नेपाली गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् ।

उनले नेपाः पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरञ्जन दिदै नचाएका हुन् ।

उनले जुन गीत गाए हरेकमा गीतको बारेमा संक्षेपमा जानकारी गराएका थिए । गीतले के भन्न खोजेको र परिस्थिति को बारेमा अर्थ लगाई गीत गाउँदा दर्शकले अझ रमाइलो गरेका थिए ।

अन्य स्थानीय कलाकारहरुको गीत र नृत्य प्रस्तुति रहेता पनि उनको मुख्य प्रस्तुति हेर्न दर्शक तथा प्रशंसक आएका थिए ।

परियारले पिउदिन भन्दा भन्दै पिलायो साथीले, बेहोशी पछि त होसमा आउँदा क्या दामी भो, अल्लारे मै हो, कहाँ थियौ तिमी रङ्ग मन्च उठे पछि आयौ, रित्तो रित्तो छु भन्ने गीत गाएका थिए ।

उनले निकै गीत गाउने सुरमा भएता पनि समय अभावको कारण ५ वटा गीत गाएका थिए ।

गायक परियारले यस पटक अमेरिकामा यस्तै रह्यो भन्दै अर्को वर्ष अमेरिका आउदा एक सागीतिक मण्डली लिएर आउने जनाए ।