३ कार्तिक २०८३, मंगलबार

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, २०३० सालदेखिका पुस्तक किन्न पाइने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ३२ औँ प्राज्ञसभाको अवसर पारेर पुस्तक प्रदर्शनी आयोजना गरेको छ । कार्तिक १२ गतेदेखि शुरु भएको प्रदर्शनी पन्ध्र दिनसम्म चल्नेछ ।

उक्त प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानद्वारा २०३० सालदेखि २०७४ असोज मसान्तसम्म प्रकाशित गरेका पुस्तकहरू बिक्रीमा राखिएको प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले बताए । गिरीका अनुसार ‘नेपाली बृहत् शब्दकोश’ र ‘प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्दकोशमा १५ प्रतिशत, २०६६ सालसम्मका पुस्तकहरूमा ६० प्रतिशत र २०६७ सालदेखि हालसम्मका प्रकाशनहरूमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारीले दुई रुपैयाँदेखि चौध सय मूल्यसम्मका पुस्तकहरू प्रदर्शनीमा राखिएको बताए । प्रदर्शनीमा ‘धिमाल लोक जीवन अध्ययन’, ‘कार्बोनिक रसायन शास्त्र’का पुराना पुस्तकसमेत राखिएको छ ।