काठमाडौं, १५ कात्तिक । स्याङ्योङ मोटरको नेपालको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएस मोटर्सले स्याङ्योङ टिभोली कार नेपाली बजारमा ल्याएको छ ।
अटोमेटिक गियर बक्स सुविधा भएको टिभोलीको बजार मूल्य ६५ लाख ९९ हजार रहेको छ । म्यानुअल सेमिलोडेड गाडीको बजार मूल्य ५६ लाख ९९ हजार तोकिएको छ । स्याङ्योङ ६५ प्रतिशत बाइब्याक ग्यारेन्टी एण्ड जिरो सर्भिस कस्ट अफर अर्थात् मूल्यको ६५ प्रतिशतमा बाइव्याक खरिद गरिदिने र शून्य सर्भिस शुल्क योजनालाई कम्पनीले अगाडि सारेको छ ।
इन्जिन आयल, कूलेन्ट, ब्रेक प्याड (फ्रन्ट र रियर) आयल फिल्टर, ब्रेक आयल, पावर स्टेरिङ्ग, एसि फिल्टर, एयर फिल्टर र फ्युल फिल्टरमा ३ वर्षसम्म शून्य सर्भिस शुल्क लाग्ने बताइएको छ । यस योजनामा स्पट एक्स्चेन्ज, सहज किस्ताबन्दी, निःशुल्क एक्सोसरिज, एक वर्षसम्म सडक कर र दुई वर्षसम्म वा अधिकतम ४० हजार किमिसम्मको वारेन्टि पनि दिइएको छ ।
यस नयाँ स्याङ्योङ टिभोलिगाडीमा विभिन्न उपयोगी विशेषता एवं आकर्षक “बम्पर शो ग्रिल”, “रेडिएटर शो ग्रिल” सुधारिएको फग ल्याम्प तथा गाडी भित्र आकर्षक डिजाइन रहेको कम्पनीको दावी छ ।
त्यस्तै यसमा स्पोर्ट युटिलिटि भेइकलमा दिउसो बत्ति बाल्नको लागि एलइ डि डे रनिङ्गल्याम्प, फ्रन्ट फगल्याम्प, नवीनतम्एल इ डि हेडल्याम्प, फाइन्डर रिपिटर र बाहिरी ऐनाहरु, पावर सनरुफ र रुफरेल पावर जस्ता विशेषताहरु पनि रहेको कम्पनीको दावी छ ।
यसका अतिरिक्त स्याङ्योङ टिभोलि गाडीमा बहुप्रतिक्षित सुविधाहरु जस्तैः इलेक्ट्रोनिक्स स्टेविलिटि प्रोग्राम, इलेक्ट्रिक ब्रेक–फोर्स डिस्ट्युव्युसनको साथ एन्टि–लक ब्रेक, सातवटा एयर व्याग, छ सेन्सरहरु, हिटेड र भ्यान्टिलेटेड फ्रन्ट सिटहरु, सबै डिक्स ब्रेक, र डे टाइम रनिङ्ग ल्याम्प जस्ता विशेषताहरुले स्पोर्ट युटिलिटि भेइकल नेपालको वर्तमान सडक अवस्था अनुरुप सुरक्षित एवं उपयोगी रहेको बताइएको छ ।
यसमाभएको इ–एक्सजिआई १६० इन्जिनल मोटरेवल बाटोमा होस् या शहरी बाटो जहाँ पनि आवाज, कम्पन र कडापनको महशुस नदिने कम्पनीले जनाएको छ ।















प्रतिक्रिया