३० आश्विन २०८३, शुक्रबार

न्यूयोर्कको लोअर म्यानहटनमा ट्रकले किचेर आठको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क, १५ कात्तिक । न्यूयोर्कको लोअर म्यानहटनमा एक ड्राइभरले आफ्नो ट्रक फुटपाथ र साइकिल लेनमा चढाएर आठ ब्यक्तिको ज्यान लिएका छन् । ११ गम्भीर घाइते भएका छन् ।

प्रहरीले यो घटनालाई चरमपन्थी हमलाको रुपमा टिप्पणी गरेको छ । संगिग्धलाई प्रहरी हिरासतमा लिएका छन् । एक ट्रक ड्राइभरले जानी जानी साइकलमा सवार यात्रीको ट्रकले किचेर मारेको प्रहरीको बताएको छ । प्रहरीले ट्रक ड्राइभरलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।

अमेरिकी सञ्चार माध्यमका अनुसार २९ वर्षीय ड्राइभरको नाम सेफुलो साइपोव हो । उनले आफूलाई प्रवासी भनेर परिचय दिएका छन् । जो सन् २०१० मा अमेरिका आएका थिए ।

न्यूयोर्कका मेयर बिल दे ब्लाजियोले आठको मृत्यु हुनुका साथै दर्जंनौ व्यक्ति घाइते भएको बताए । ब्लाजियोले यस हमलालाई कायरतापूर्ण आतंकवादी हत्याको टिप्पणी गरेका छन् ।

‘यो एक कायरतापूर्ण आतंकवादी हमला हो जसले निर्दोशलाई निशाना बनाए । आफ्नो काममा हिंडेका व्यक्तिलाई यस्तो हुँदैछ भन्ने केही थाह थिएन’, उनले भने । – एजेन्सी