नयाँदिल्ली, १५ कात्तिक । मोबाइल कम्पनी फिनिसले नोकिया थ्री, नोकिया फाइभ, नोकिया सिक्स र हालै नोकिया एट बजारमा ल्याएको छ ।
कम्पनीले छिट्टै बजारमा नयाँ सस्तो फोन ल्याउँने तयारी गरेको छ । नोकियाले ल्याउन लागेको बजेट स्मार्टफोनका फिचर्सहरू सार्वजनिक भएका छन् ।
३१ अक्टोबर मंगलबारका दिन नोकियाले भारतमा यो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । नोकियाले ल्याउने नयाँ स्मार्टफोनको नाम नोकिया ‘टू’ हुनेछ । यसमा क्वालकोम स्नापड्रागन २१२ चिपसेट हुनेछ ।
नयाँ स्मार्टफोनमा १ जिबी ¥याम, ८ जिबी इन्टर्नल मेमोरी हुनेछ । ८ मेगापिक्सेलको ब्याक क्यामराका साथै ५ मेगापिक्सेलको सेल्फी क्यामरा पनि यसमा हुनेछ । नोकिया ‘टू’मा ४.७ देखि ५ इन्चको डिस्प्ले हुनेछ । – एजेन्सी















प्रतिक्रिया