३० आश्विन २०८३, शुक्रबार

नेपालको राजनीति दल-बल तन्त्र हो की लोकतन्त्र ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– जम्बला लामा

जनताले बुझ्नै सकिरहेको छैन नेपालको राजनीतिक, दलतन्त्र तथा बलतन्त्र हो की लोकतन्त्र । जनसमुदायले बुझ्नै गाह्रो भईरहेको अवस्था छ । अर्थात् लोकन्त्र हो भने प्रत्येक पार्टी अथवा दलले चुनावी माहोलमा आ–आफ्नो दलबाट कुनै पनि दलसँग आवद्ध नभई आफू एक्लैले चुनाव लड्नु सक्नुपर्थ्यो । विगतको वर्षहरुमा यस्तै किसिमले चुनाव गर्दै आएको जनसमुदायलाई सर्वविधित नै भएको कुरा हो । अर्थात् लोकतन्त्रको ढाँचाबाट नै भएको महशुस हुन्थ्यो अर्थात् २०५४ सालसम्म ।

२०५४ साल अगावै अर्थात् २०५२ सालबाटको राजनीतिमा परिवर्तनको डिजायन गरी जनमोर्चाबाट जसंघर्ष अर्थात् माओवादीको जन्म भयो । त्यसमा नयाँ अनुहारको नेताहरुको उदय पनि भयो र २०६२/०६३ मा सफल पनि भयो । त्यस पश्चात लोकतान्त्रिक गणतन्त्रको जन्म भयो ।

शिशु अवस्थाको लोकतान्त्रिक गणतन्त्रलाई हुर्काउनको लागि पनि २०६४/०६५ को संविधान सभा निर्वाचन पनि सफलताको साथ निर्वाचन सफल भएको नै थियो । तर कता कता संविधान सभाबाट संविधानलाई निर्माण गर्नको सट्टा पटक पटक म्याद थप गर्ने र संविधान नै निर्माण नगरीकन दोस्रो संविधान सभा निर्वाचन गराउने गरी सर्बोच्चको पूर्व प्रधान न्यायधिश खिलराज रेग्मीलाई मन्त्री परिषद्को अध्यक्ष नियुक्ति गरी प्रथम संविधान सभालाई विघटन ग-यो ।

त्यसैको प्रतिफल हालसम्म पनि नेपालको जनताले दुःख खेपीरहेको महशुस भएको छ । कारण यो लोकतन्त्र नभई दलको बलतन्त्रको अन्जाम हो भन्ने जनविचारहरु व्यापक हुन आएको छ । यदि लोकतन्त्र नै हो भने वर्तमान् दलको नेताहरुले आ–आफ्नो पवित्र दल आफ्नै मानसम्मान र इज्जत भएको पार्टी दलबाट नै तालमेल विनाको चुनाव लड्न सक्नुपर्थ्यो । तर त्यो किन भएन ? कारण सम्पूर्ण दलहरुले राम्रो व्यवहारको राजनीति गर्नबाट चुकेको कारणले गर्दा अर्थात् दलको नेताहरुलाई वनको बाघले होइन मनको बाघले खाएको जनतलाई आभास भएको छ ।

किन मनको बाघले खायो त ?

जब दोस्रो संविधान सभा निर्वाचन सफल भएपश्चात सबैभन्दा ठूलो दलको हैसियतले नेपाली काँग्रेसले सरकार प्रमुख पाउने र दोस्रो संविधा सभा चुनावमा दोस्रो नै ठूलो दल भएको कारणले नेकपा एमालेले दोस्रो सरकार प्रमुख अर्थात् गृहमन्त्री समेतको सरकार संचालन गर्ने शर्त र संविधान निर्माण भइसकेपछि सरकार प्रमुखहरुको हेराफेरा गर्ने शर्तमा दोस्रो संविधान निर्माण कार्य भएको पनि हो ।

त्यसपछिको अवस्था काँग्रेसको सरकार प्रमुखले एमालेसँग गरेको सम्झौता विपरित अर्थात् काँग्रेस सरकार प्रमुखलाई मनको बाघले खायो । काँग्रेसबाट सिधा तरिकाबाट सम्झौताको निर्णय नगरेपछि एमालेले दोस्रो संविधान चुनाव तेस्रो दल भएको अर्थात् प्रथम संविधान सभा चुनावमा प्रथम भएको दल एमाओवादी र दोस्रा संविधान सभामा समानुपातिक तर्फबाट चौथो दल भएको राप्रपा नेपाललाई साथ लिई दल र बलको साथ सरकार निर्माण गरेको २ करोड ८० लाख जनसमुदायलाई यादै भएको विषय हो ।

अनि त्यसपछि काँग्रेसको हातमा लड्डु अर्थात् स्थानीय तहको चुनाव सक्ने वित्तिकै काँग्रेसबाट माओवादीलाई अल्टिमेटम आयो । सरकार प्रमुख माओवादीले भन्छन् हामीले इमान्दारी निभाएका छौं भनि राजिनामा ग-यो । यो कहाँसम्मको इमान्दारी थियो र या सबैदलको बलतन्त्र प्रयोग थियो माओवादीले सरकार प्रमुख नछाड्ने वित्तिकै काँग्रेसले अर्को साम, दाम, दण्ड, भेद प्रयोग गर्नेवाला थियो । त्यस पश्चात माओवादीले लुरुक्क परी राजिनामा दिने शिवाय अरु विकल्प थिएन ।

त्यसैको रिस साँध्नको लागि पनि काँग्रेसबाट माओवादीलाई साम, दाम, दण्ड, भेद प्रयोग गरी एमाले ससकार प्रमुखलाई अल्पमत पार्ने खेल अर्थात् दलको बलतन्त्र प्रयोग गरी बडा चुत्तुराईको साथ माओवादी केन्द्रलाई अर्थात् तेस्रो स्थानमा भएको दललाई सरकार प्रमुख बनाउन सफल भएको नै यी सबैदलको बलतन्त्र हो भन्ने जनविचारहरु पनि आएको छ ।

अर्थात् गएको स्थानीय तहको निर्वाचनले नै नतिजाहरु देखाईसकेको छ । चाहे गाउँपालिका होस् चाहे नगरपालिका र महानगरपालिका । दलहरुको सात्तोपुत्लो गएको हामी नागरिकले बुझी सकेका छौं । क–कसले कति करोड खर्च गरी चुनाव जिते । क–कसले कति खर्च गरे पनि चुनाव हारे ।

यो नतिजाहरु दलको बलतन्त्रको नतिजा नै पक्का हो । अर्थात् स्थानीय तहको सानो उम्मेद्वारसम्मको एक वडामा वडाअध्यक्ष सम्म जित्नको लागि उनले १ करोड ५० लाखसम्म खर्च गरेको नागरिकलाई सुन्नमा आएको छ । के त्यस्तो व्यक्तिले वडा अध्यक्ष जिते वडाको विकास हुन्छ ? उनले सर्वप्रथम आफ्नो गएको खर्च असुल्ने बाहेक विकासको काम गर्न सक्ने अवस्था देखिदैन कारण उनले वडा अध्यक्ष जित्नलाई कहि कतैबाट आवश्यक खर्च असुलेको हुन्छन् । अनि त्यस्ता व्यक्तिले के चाँही विकास गर्ला ?

दल र बलतन्त्रको कारकहरु

प्रथमतः प्रहरी संगठनलाई पनि बल नै प्रयोग भयो । दोस्रौः न्यायलयलाई पनि तहसनह ग-यो होइन ? र २०७२ को भूकम्पबाट छेदविच्छेद भएको संरचनाहरुको वेहाल नै भएको छ । यो कसले गर्दाभन्दा यो पनि दलको बलतन्त्र नै प्रयोग भएको हो भन्ने जनविचारहरु आएको छ ।

राष्ट्र निर्माणको कार्यजस्तो दल,बलको कोटको बगलिभित्रबाट निकालेर प्रयोगमा ल्याउने गर्छन् भने यो देशले कहिले शान्ति पाउनेछ भन्नेमा जनसमुदायलाई निरास भएको छ । यी सबै कार्यहरु बलतन्त्रको कारण हुन् भन्ने नागरिकको बिचार हो । त्यसैले दलतन्त्रको अन्जामको फल यो पनि हो ।

अर्थात् २०७२ मा निर्माण भएको संविधानलाई कार्यन्वयन गर्नको सट्टा बखेडा निकाली संविधान संशोधनको प्रस्तावहरु दलको बलतन्त्रबाट नै जन्मेको होइन ? संविधान निर्माण पनि भयो र घोषण ग-यो तर हामीलाई स्वीकार्य छैन भनि दलको बलतन्त्रहरु प्रयोग भएको होइन र ? के अव पनि २१औं सताब्दिीको संघारमा पनि यी दलतन्त्र तथा बलतन्त्रहरुले विचार गर्नुपर्ने समय पनि आएको छैन?

दलतन्त्रकै कारण

भर्खरै मात्र भाईटिका मनाई आफ्नो मन्तव्य राखेको ज्ञानेन्त्र शाहलाई के भन्ने । यो क्रियाकलाप हाम्रो दलबल तन्त्रको कारण हुन् भन्ने जनचासोको विषय भएको छ । अर्थात् २०७२ वैशाखको १२, १४ र २९ गतेमा गएको महाभूकम्पले देशलाई र जनतालाई तहस नहस गरी रुवावास भएको बेला ज्ञानेन्द्र शाहले ज्ञ भन्ने शब्द पनि नबोली जीवनकुञ्जमा राज गरी बसेको थियो होइन ?

र संविधान निर्माणको विषयमा चित्त नबुझेको भनि भारतको प्रधानमन्त्रीले नेपाललाई नाकाबन्दी गरी ५ महिनासम्म देशको जनतालाई दुःख दिएको विषयमा पनि ज्ञानेन्द्र शाहले चुँ पनि बोलेनन् किन ? यदि हृदयवादी ज्ञानेन्द्र भएको भए उनले त्यतिखेरी रातारात भारतलाई बोल्नु पथ्यो की नेपालको संविधान नपाली ले नै बनाएको हो त्यसमा भारतलाई किन टाउको दुखाई भनेको भए ज्ञानेन्द्र शाह लोकनायक ज्ञानेन्द्र हुन्थ्यो भन्ने जनआवाजहरु व्यापक भएको छ ।

अर्थात् ज्ञानेन्द्र शाहले गतहप्तामा तिहारको भाईटिकाको दिन गरेको टिप्पणीलाई जनआवाज यस प्रकारको आएको छ । ज्ञानेन्द्रले भनेको थियो अव देशमा स्थिरता नभई अस्थिरता भएको कारणले जनताले विश्वास दिलएमा म सत्ता सम्हाल्न तयार छु । यसै प्रतिकृयालाई जनताबाट पनि आएको छ जव २०७२ को भूकम्पको बेलामा ज्ञानेन्द्र कहाँ थियो आकाशमा की, पातालमा यदि पृथ्वीमा भएको भए उनले तिमीहरुलाई मबाट कस्तो सहयोग चाहिन्छ भनेर जनतालाई एकशब्द मात्रै अभिव्यक्ति दिएको भए ज्ञानेन्द्रको मानसम्मान जनताले गथ्र्यो तर उनले यति पनि बोल्न सकेनन् किन ?

संविधान निर्माणको निहुँमा बखेडा निकाली भारतले ५ महिनासम्म नकाबन्दी गर्दा किन भारतसँग बोल्न चुकेको ज्ञानेन्द्र शाह ? त्यतिखेर ज्ञानेन्द्र शाह कुन पक्ष थिया ? नेपाल पक्ष वा भारतको पक्ष ? यसको जवाफ ज्ञानेन्द्र शाहसँग छ भने जनताले जवाफको अपेक्षा गर्दछ ।

अन्तिममा ४ प्रधानमन्त्री ४ प्राधिकरण

२०७० सालदेखि २०७४ सालसम्ममा ४÷४ जना व्यक्तिले प्रधानमन्त्री भएर देशको उच्च नाम कमाएकोमा सम्पूर्ण जनसमुदायबाट धन्यबाद व्यक्त गर्दछौं । साथै २०७२ को भूकम्बाट क्षति भएको संरचना निर्माणको लागि पनि २०७२ देखि २०७४ सम्ममा ४÷४ जना प्राधिकरणको प्रमुखहरु भई झन् भूकम्पनले छेदविच्छेद गरेको संरचनाहरुलई तहसनहस गरी देश विदेशले दिएको अनुदानलाई पनि क्षति पु¥याएकोमा धेरै धेरै धन्यबाद व्यक्त गर्दछौं ।

(लेखक बौद्ध जागरण केन्द्र तथा स्तुपा फाउण्डेशन नेपालका केन्द्रिय सदस्य हुन्)