३ कार्तिक २०८३, मंगलबार

देउडा गीत ‘दुबईको लाहु-या’को म्युजिक भिडियो सार्वजनिक (हेर्नुस् भिडियो)

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर । पूर्व कबड्डी खेलाडी तथा नव सर्जक लक्ष्मण अधिकारीको पहिलो देउडा गीत दुबईको लाहुर्या को म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ ।

परदेशी युवाको पिडा तथा घरपरिवारको मायाको सेरोफेरोमा रहि तयार पारिएको गित दुबईको लाहुर्या आईतवार म्युजिक नेपाल मार्फत युटुबमा सार्वजनिक भएको हो । गायक तथा संगितकार बिनोद बाजुरेली र गायिका टिका पुनको स्वरमा रहेको गितमा शब्द अधिकारकै छ भने लय राजेन्द शाह बिपीको रहेको छ ।

भिम थापाको निर्देशन तथा कंचनपुरका बिभिन्न रमणिय स्थानमा छायाँकन गरिएको म्युजिक भिडियोमा चर्चित देउडा गायक गायिकाहरु नरेन्द्रराज रेग्मी, लालबहादुर धामी अछाडी बड्डो, संगिता शाही, लक्ष्मण अधिकारी, अनिता अधिकारी लगायतको अभिनय रहेको छ ।

सुदुरपश्चिमको भाषा, कला संस्कृति संरक्षणमा टेवा पुर्याउने उद्धेश्यले गित तथा म्युजिक भिडियो निर्माण गरिएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार यो गित अन्य गितहरु भन्दा शब्दको दृष्टिकोणले अलि फरक रहेको छ ।

अन्य देउडा गितहरुमा केहि नेपाली शब्दहरु प्रयोग गरिएको पाईने भएपनि यस गितमा नेपाली शब्दको प्रयोग निकै कम प्रयोग गरिएको अधिकारीको भनाई छ ।

हेर्नुस् भिडियोः