एजेन्सी । सामाजिक सञ्जाल ‘रेडिट’मा प्रयोगकर्ताको पहिचान थाहा हुँदैन । तर यो सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले आफूसँग घटेका अनेक आश्चर्यजनक घटनाहरु सजिलै सेयर गर्ने गर्दछन् । त्यस्तैमा रेडिटका एक प्रयोगकर्ता EvilEnglish ले फोटोमार्फत आफूसँग भएको एउटा आश्चर्यजनक घटना सेयर गरेका छन् ।

उनको हजुरबुवाले बच्चा समयदेखिनै उनलाई मानिसहरुले लुकाएर राखिएको खजाना भेटेको कथा सुनाउने गर्थे । हजुरबुवाको मृत्युपछि जब ती व्यक्ति हजुरबुवाको घरमा पुगे तब तिनले पुरा घर धुलोले ढाकिएको पाए । उनले सो घरको सरसफाई गर्ने निर्णय गरे । उनको हजुरबुवालाई एन्टिक (पुरातात्विक) वस्तुहरु तथा पुराना सिक्का संकलन गर्ने शौख थियो । तर हजुरबुवाले यि सबैकुरा कहाँ राख्छन् भन्ने कसैलाई पत्तो थिएन । 
घरको सरसफाइ गर्ने क्रममा उनको आखाँ एउटा पुरानो ढोकामा प-यो, जुन वर्षौँदेखि बन्द अवस्थामा रहेको थियो । त्यो ढोका खोल्दा उनले भुँईमा एउटा पुरानो गुन्द्री ओछ्याइएको पाए । गुन्द्री हटाएर हेर्दा त्यस तल उनले एउटा सेफ (सन्दुक) देखे । उनले तत्काल त्यो सेफ फुटाएर हेरे । सेफमा निकै पुरात्विक तथा अत्यन्त बहुमुल्य चिजविजहरु राखिएको थियो । सेफमा बहुमुल्य सिक्काहरु मात्रै थिएनन्, अन्य धेरै प्रकारका महत्पूर्ण वस्तुहरु लुकाइएको थियो । जसको कारणले उनको भाग्य चम्कियो ।
















प्रतिक्रिया