मुम्बई । दीपिका पादुकोण बलिउडकी धेरै पारिश्रमिक लिने नायिका मध्येकी एक हुन् । पछिल्लो समय दीपिका आफ्नो आउँदो फिल्म ‘पदमावती’को लागि चर्चामा छिन् । केही दिनअघि मात्रै सो फिल्मको ‘घुमर’ बोलको गित रिलिज भएको थियो । दर्शकले उक्त गीत र उनको नयाँ लुक निकै मन पराएका छन् । दीपिका पछिल्लो समय गौरी खानले आयोजना गरेको ह्यालोविन पार्टीमा देखिएकी थिइन् ।
उक्त पार्टीमा अन्य सेलेब्रेटीहरु शिरदेखि पाउसम्म सजिएर गएका थिए तर दीपिकाले लगाएको पहिरन भने समाचारका हेडलाइन बन्न पुगे । पार्टीमा दीपिकाले शिमरी स्टाइलिस पाइन्ट र स्पेक्डी नामक इनर वेयर टप लगाएर गएकी थिइन् । जसमा दीपिकालाई निकै आकर्षक देखिएको थियो ।
दीपिकाले सोही ड्रेस केही समय पहिले शाहिद कपुरको प्री बर्थडे पार्टीमा पनि लगाइ सकेकी छिन् । शाहिदको बर्थडे केही समय अघि मात्रै भएकाले मानिसहरुले दीपिकाको यो ड्रेस सजिलै चिन्न सके । यसबाट दिपीकाले पेसन प्रेमीहरुलाई निराश बनाइन किनकी उनले लगाएको टपको मुल्य मात्र ३०० भारतीय रुपैयाँ पर्दछ । तर सोही समय उनले लगाएको गोल्डेन पाइन्टको मुल्य भने करिव ४६ हजार भारतीय रुपैयाँ पर्दछ ।
पार्टीमा उनले Gucci sylvie mini ब्राण्डको ह्याण्ड ब्याग पनि लिएकी थिइन् । जसको मुल्य करिव भारु १ लाख १२ हजार हो । सोही पार्टीमा उनले ३८ हजार रुपैयाँ मुल्यको हिल पनि लगाएकी थिइन् । उक्त पार्टिको लागि उनले करिव २ लाख रुपैयाँ खर्च गरेकी थिइन् । – एजेन्सी















प्रतिक्रिया