३ कार्तिक २०८३, मंगलबार

नायिका नीता ढुंगाना सन फ्रान्सिस्कोमा सम्मानित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । नेपाली चलचित्रकि अभिनेत्री निता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकि छिन् ।

नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगानाले अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्न सफल भएकी छिन् ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित “सन फ्रान्सिस्को चलचित्र महोत्सव ” मा उनीद्वारा अभिनित ऐतिहासिक चलचित्र “पंचायत”ले “बिदेशी भाषाको उत्कृष्ट चलचित्र” विधामा र नायिका निता ढुंगानाले “उत्कृष्ट मुख्य अभिनेत्री ” विधामा पुरस्कार जित्न सफल भएकी हुन ।

ढुंगानाले हालसम्म २१ भन्दा बढी चलचित्रहरुमा अभिनय गरि सकेकी छिन । उनको चर्चित चलचित्र रुमा दबाव, छ एकान छ, नोटबुक, मसान, हाम्रो माया जुनी जुनीलाई, निर्भय लगाएत पछिल्लो चलचित्र पंचायत हो ।

पंचायतमा किशोरीको भूमिकामा देखिएकी निताको सशक्त अभिनय कै कारण अन्तर्राष्ट्रिय पुरस्कार बाट उनलाई सम्मान गरिएको हो ।