१५ कार्तिक २०८३, आइतबार

एमाले–माओवादीप्रति कांग्रेस आक्रामक, कांग्रेसद्वारा कडा प्रहार

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसले कम्युनिष्ट आवारणमा मुलुकमा फेरि अतिवाद उदाउन खोजेको भन्दै लोकतन्त्र बलियो बनाउन सबैलाई एकजुट हुन आह्वान गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको पार्टी घोषणापत्रमा कांग्रेसले कम्युनिष्ट बर्चस्वले स्थिरताको ग्यारेन्टी नगर्ने भन्दै लोकतन्त्र रक्षाका लागि मध्यमार्गी दलका पक्षमा उत्रन आग्रह गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)सहितका दलप्रति कांग्रेस आक्रामक रुपमा प्रस्तुत भएको छ ।