काठमाडौं, १४ कात्तिक । नेकपा (एमाले)बाट प्रतिनिधिसभाका लागि सिफारिसमा पहिलो नम्बरमा रहेका सुरेन्द्र मानन्धर अचानक आईतबार राति नागरिकता बोकेर निर्वाचन आयोग पुगे ।
प्रत्यक्षतर्फ निर्वाचन लड्ने भन्दै तयारीमा लागेका मानन्धर अचानक समानुपातिकतर्फको सूचीमा परे । नागरिक दैनिकले समाचार छापेको छ ।
‘काठमाडौं १० बाट प्रतिस्पर्धा गर्ने भनेर ठीक परेका थिए । एमाले र माओवादीबीच चुनावी गठबन्धन भएपछि मेरो क्षेत्र माओवादीको भागा प¥यो, म समानुपातिकतर्फ आउनुप¥यो’, मानन्धरले भने ।
काठमाडौं १० माओवादीलाई छाड्नुपर्ने भएपछि उनी प्रदेशतर्फको समानुपातिक सूचीमा परेका हुन् ।
गठबन्धन गरेका दलका कतिपय नेताहरूले आ–आफ्नो क्षेत्रमा दाबी नछाडेपछि उम्मेदवार टुंग्याउन सकस परेको छ ।












प्रतिक्रिया