३० आश्विन २०८३, शुक्रबार

केन्याटा ९८.२ प्रतिशत मतका साथ विजयी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नैरोवी, केन्या, १४ कात्तिक । केन्यामा यही अक्टोवर २६ मा भएको विवादास्पद राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति उहुरु केन्याटा ९८.२ प्रतिशत मत प्राप्त गरी विजय भएको यहाँको निर्वाचन आयोगले सोमबार जनाएको छ ।

गत बिहीबार विवादकाबीच भएको निर्वाचनमा केन्याटलाई ७४ लाख ८३ हजार ८९५ मत परेको र उहाँका निकततम प्रतिद्वन्द्वी राइला ओडिङ्गाले मात्रै ७३ हजार २२८ मत पाएको आयोगले जनाएको छ ।

ओडिङ्गाले निर्वाचन धाँधलीरहित हुने बिषयमा शङ्का व्यक्त गर्दै अन्तिम चरणमा आएर निर्वाचन बहिस्कार गर्नभउको थियो । – एएफ्पी