मुम्बई । भारतीय टेलिभिजन सोनीबाट प्रसारण हुने बहुचर्चित रियालिटी सो ‘बिग बोस’ हेर्ने दर्शकहरु सप्ताहांतको इपिसोडको लागि निकै प्रतिक्षारत रहने गर्दछन् । किनकी सप्ताहांतको इपिसोडमा सलमान खान आउने गर्दछन् र सबै प्रतिष्पर्धीहरुको वर्ग निर्धारण गर्ने गर्दछन् । त्यसको साथै उनले केही प्रतिष्पर्धीहरुको पोल पनि खोल्ने गर्दछन् ।
यस पटकको इपिसोडमा सलमानले प्रतिष्पर्धीको साथसाथै आफ्नो पनि एउटा अति गोप्य रहस्य खोलेका छन् । सलमानले यो रहस्य बताउँदा स्टेजमा अघिल्लो सिजनका प्रतिष्पर्धी मनु पंजावी र लोपामुद्रा समेत थिए । शोमा सलमानले एक बच्चालाई ‘धर्मपुत्र’ एडोप्ट (स्वीकार) गरेको बताएका छन् । उनको यो कुरा सनेर सबैजना चकित भए ।
प्रसंग यस्तो थियो । कार्यक्रममा आरोप प्रत्यारोप चलिरहेको थियो । सो क्रममा एक प्रतिष्पर्धी मेहज्बी सिद्धिकीले सलमानको अगाडी अर्की प्रतिष्पर्धी सिल्पा सिन्देलाई गम्भीर आरोप लगाइन् । मेहज्बीले भनिन् –‘मैले सुनेकी छु की शिल्पाले मेहेज्बीले आफ्नो सानो बच्चालाई छोडेर कसरी शोमा आइन् । उ भएकी भए कहिले पनि आउने थिइन । कस्ती आमा हुन् ।’ यति भनिसकेर मेहेज्वीले सालमानसँग सोधिन – ‘तपाईलाई के लाग्छ म कस्ती आमा हुँ ।’
मेहेज्वीलाई सलमानले उत्तर दिँदै भने, ‘तपाई निकै राम्री आमा हुनुहुन्छ । हरेक आमा आफ्नो बच्चालाई छोडेर काममा जाने गर्छन् । मेरा दुई बहिनीहरु छन्, उनीहरु पनि आफ्नो बच्चा छोडेर काममा जान्छन् ।’
र सोही समयमा सलमानले सबैलाई चकित पार्दै भने, ‘मेरो पनि एउटा बच्चा छ । जसलाई मैले एडोप्ट गरेको थिएँ । म पनि उसलाई छोडेर काममा आएको छु ।’ यति भनेर सलमान केहीबेर शान्त भए र फेरी भने ‘र त्यो बच्चाको नाम हो सलमान खान ।’















प्रतिक्रिया