१ कार्तिक २०८३, आइतबार

टानमा देखियो वाम गठबन्धनको कमाल, कांग्रेसको समूह पराजित

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । वाम गठबन्धनको प्रभाव ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा परेको छ । टानको आइतबार सम्पन्न निर्वाचनमा एमाले–माओवादी गठबन्धनका अध्यक्षका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

वाम गठबन्धनका नवराज दाहाल टानको अध्यक्षमा विजयी भएका हुन् । टानको ३९औं वार्षिक साधारण सभासँगै आइतवार सम्पन्न निर्वाचनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

दाहालका निकटतम प्रतिद्वन्दी मोहन लम्साल १८ मतले पराजित भए । दाहालले ३३१ मत प्राप्त गरेका छन् भने लम्सालले ३१३ प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार नुरु जांबु शेर्पाले ५० मत प्राप्त गरेका छन् ।

लम्साललाई कांग्रेस र नयाँ शक्ति निकटका व्यवसायीको समर्थन रहेको थियो । टान निर्वाचन समितिकाअनुसार अध्यक्षसहित वाम गठबन्धनबाट पदाधिकारीमा प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष जितेको छ भने ५ जना कार्यसमिति सदस्य विजयी भएका छन ।

लोकतान्त्रिक समूहबाट कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महिला सदस्य र अन्य २ सदस्य विजयी भएका छन् ।

कसले कति मत पाए ?

(अध्यक्ष):
नवराज दाहाल –331 विजयी
मोहन लम्साल–  313
नुरुजाङ्बु शेर्पा (स्वतन्त्र)– 50

(वरिष्ठ उपाध्यक्ष):
पूर्ण चन्द्र भूषाल –328
खुम बहादुर केसी –359 विजयी

(प्रथम उपाध्यक्ष):
जीवन थापामगर –408विजयी
बाबुकाजी सिटौला –280

(द्धितिया उपाध्यक्ष):
ऋषि प्रसाद नेपाल –319
निलहरी बास्तोला –364 विजयी

(महासचिव):
आङ पेम्बा शेर्पा – 377 विजयी
चेवन देवकोटा – 325

(सचिव):
सुजन लामिछाने –359 विजयी
चोलेन्द्र बहादुर कार्की – 330

(कोषाध्यक्ष):
रामकृष्ण तिमल्सिना –342विजयी
सुवास केसी –339

(सह-कोषाध्यक्ष):
तारा राना –385 विजयी
किरण धरेल –282

(महिला सदस्य):
कविता लामिछाने –261
ऋतु ग्याम्दान –417 विजयी

(सदस्य):
रविन्द्र अधिकारी –371 विजयी
राजन प्रसाद काप्री –342 विजयी
गोपाल श्रेष्ठ –363 विजयी
जीवन लामा –375 विजयी
बाबुराम गुरुङ –362 विजयी
सुक बहादुर लामा –340 विजयी
हरि शरण खरेल –264
हर्क बहादुर गुरुङ –320
शेर बहादुर परियार –334 विजयी
जंग बहादुर लामा –343 विजयी
कुल प्रसाद सुवेदी –275
सरोज कट्टेल –268
तपन राज भण्डारी –273
सुर्य बहादुर थापा –304
नामग्याल जाङबु शेर्पा –322
आङबाबु शेर्पा –323