काठमाडौँ, २८ कात्तिक । शुक्रबार राती सर्वनाम थिएटरमा अज्ञात समुहले आक्रमण गरी झ्यालका सिसाहरु तोडफोड गर्नुका साथै भित्तामा टाँगिएका पोष्टरहरु च्यातिदिएको सर्वनाम थिएटरका अशेष मल्लले जानकारी दिनुभयो ।
‘तोडफोडको प्रकृति हेर्दा सुनियोजीत अनुभव गरेका छौ,’ मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘रङ्गकर्म र कलाको विकासमा जुटिरहेको हाम्रो थिएटरमा भएको यस प्रकारको आक्रमण सम्पूर्ण नेपाली रङ्गकर्मप्रतिको आक्रमण ठानेका छौँ ।’
विज्ञप्तिमा जस्ले आक्रमण गरे पनि आक्रमण गर्नेको सदबुद्घी पलाओस भन्ने कामना व्यक्त गरिएको छ ।















प्रतिक्रिया