२९ आश्विन २०८३, बिहिबार

बिल गेट्सलाई उछिन्दै अमेजनका सीईओ बने विश्वकै सबैभन्दा धनी व्यक्ति

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी। केही वर्षअघि एक दिन मात्रै विश्वकै सबैभन्दा बनी व्यक्ति बनेका विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सीईओ जेफ बेजोस फेरी सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् । यसअघि बेजोस दोस्रो स्थानमा थिए । उनी छ महिनाअघि मात्र दोस्रो स्थानमा उक्लिन सफल भएका थिए ।

फोर्ब्स पत्रिकाको रिपोर्ट अनुसार, अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै उनी पहिलो स्थानमा उक्लन सफल भएका हुन् । उनको कूल सम्पत्ति ९० करोड डलरले बढ्दै ९० अर्ब ६० करोड पुगेको छ । बिल गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब १० करोड डलर मात्र रहेको छ ।

बिल गेट्सलाई पछि पार्दै बेजोस यसअघि पनि विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । यो गत जुलाई महिनाको मात्र कुरा हो । त्यसबेला अमेजनको शेयर मूल्यमा भारी बढोत्तरीसँगै बेजोसले बिल गेट्सलाई पछि पारेका थिए । तर शेयर मूल्यमा भएको गिरावटसँगै केही घन्टामै उनी दोस्रो स्थानमा झरेका थिए । त्यसबेला उनको सम्पत्ति ९० अर्ब ९० करोड पुगेको थियो ।

यो वर्षमात्रै बेजोसको सम्पत्ति १० अर्ब २० करोडले थपिएको छ । नोभेम्बर ८ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेयता उनको सम्पत्तिमा ७ अर्ब डलरको बढोत्तरी भएको छ ।