काँकडभिट्टा, २९ कात्तिक । आँखामा संक्रमण भएर उपचारमा आएका आसाम उदलगुडीका ४० वर्षीय उपेन वोडो दायाँ आँखाबाट चिकित्सक टोलीले २६ मिलिमिटर लामो जुगा निकाल्दा चकित भए ।
‘आँखामा चुका पर्छ भन्ने थाहै थिएन’, उपचारपछि वोडोले भने, ‘अचम्म लागिरहेको छ ।’
काँकडभिट्टा आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा वालकुमार केसीले विहीवार राति शल्यक्रिय गरी वोडोको आँखावाट जुका निकालेका हुन् ।
डाक्टर केसीका अनुभवमा आँखावाट यत्तिका लामो जुका निकालिएको पहिलो पटक हो ।
उनका अनुसार आँखामा जुका भेटिनु दुर्लभ रहेको समाचार आजको कान्तिपर दैनिकले छापेको छ ।
केसीले कहिले काहि भारतमा आँखामा चुर्ना भेटिएको भएपनि आँखाको नानीवाटै त्यो पनि निक्कै लामो जुका भेटिनु अपवाद भएको बताए ।
‘जीवनमा आँखाका धेरै शल्यक्रिया गरियो’, उनले सुनाए, ‘तर वयश्क जुका नै निकालेको पहिलो अनुभव हो ।’
केसी विगत तीन दशक वढी समयदेखि आँखा उपचारमा संलग्न छन् ।
केसीका अनुसार वोडोको आँखाको नानीमा फेरो लगाएर जुका वसेको थियो । यो जुकाालाई राउण्ड वार्म पनि भनिन्छ ।
शरीरमा जुका वढी भएपछि यो जातिको जुका चाहि टाउको हुदै रक्तनलीको सहायताले आँखासम्म पुग्ने गरेको केसीको भनाई छ ।
‘आँखावाट मस्तिष्कतिर पुगेको भए विरामीको ज्यानै जाने सम्भावना थियो’, केसीले भने, ‘धन्न मस्तिष्कतिर जान नदिदै निकाल्यौ ।’















प्रतिक्रिया