३ कार्तिक २०८३, मंगलबार

नेपाल आईडलका विजेताले बल्ल पाए पुरस्कार, कार र नगद प्रदान

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप महिन्द्रा केयुभी वान ओओ कार प्रदान गरिएको छ । लामाले नगद रु २० लाख पनि पाएका छन् ।

बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ । नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप प्राप्त नगद रु १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई नगद रु १० लाख प्रदान गरिएको छ ।

गत असोज ६ गते कतारमा आयोजित नेपाल आइडल फिनालेमा बुद्ध लामा आइडल घोषित भएका भएपनि नेपाल आइडलका विजेताहरुको अति व्‍यस्तताका कारण शुक्रबार मात्र पुरस्कार वितरण गरिएको हो ।

नेपाल आइडल नेपालमा आयोजित पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा सर्वाधिक पुरस्कार राशीको गायन प्रतियोगिता हो ।

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका थिए ।